फुटबलको बन्द प्रशिक्षणबाट बिमलसहित १४ खेलाडी बाहिरिए « Khabarhub

फुटबलको बन्द प्रशिक्षणबाट बिमलसहित १४ खेलाडी बाहिरिए


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बिमल घर्ति मगरसहित १४ खेलाडी बाहिरिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडीलाई बिदा गरेको हो।

राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षक बाल गोपाल महर्जनले करिब १ महिनाको प्रशिक्षणपछि ५८ खेलाडीबाट घटाएर ४४ खेलाडी छनोट गरेका हुन् ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा विमलसहित सुमन अर्याल, देव लिम्बु, रन्दिप पौडेल, अमित तामाङ, जया गुरुङ, नितिन थापा, रजत तिवारी, दिपेश आले मगर, राजेश परियार, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन र विमल राना रहेका छन् ।

लामो समयपछि राष्ट्रिय टिममा परेका फरवार्ड विमल चोटका कारण टिमबाट बाहिरिएका हुन् । उनले प्रशिक्षणको दौरान गम्भीर चोट बोकेका थिए । उनको उपचार कतारमा हुने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले डिफेन्डर सुमन अर्याल पनि घाइते भएको कारण बाहिरिएका हुन ।

नेपालले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत संयुक्त छनोटका खेल मार्च २५ मा चाइनिज ताइपेइ र ३० मा अस्ट्रेलियासँग काठमाडौंस्थित दशरथ रंगशालामा खेल्नेछ।

यसअघि नेपालले खेलेका ५ खेलमध्ये १ खेलमा जीत हात पारेको छ भने ४ खेलमा हार व्येहोरेको छ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ०४ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।