नक्कली भ्याट बिल बनाइ ठगी गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा  « Khabarhub

नक्कली भ्याट बिल बनाइ ठगी गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा 


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजश्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा बिजक जारी गरेको अभियोगमा काठमाडौँ सीतापाइलास्थित पद्म कोलनीमा बस्‍ने रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।

प्रसादको कम्पनी मोहन ट्रेड इन्टरनेशनलसहित अन्य २६ व्यावसायिक फर्मले एक आपसमा मिलेर आर्थिक अवस्था कमजोर भएका मजदुरलगायतको नाममा फर्म दर्ता गरी सञ्चालन गरेको खुलेको छ। उनीहरुकै नाममा गलत प्रयोजनका लागि बैंक खातासमेत खोलेको भेटिएको छ।

आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म उनीहरुले नक्कली बिक्री बिजक जारी गरी भ्याट छली गरेको पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार भ्याटतर्फ ४३ करोड ८१ लाख ८० हजार ३७८, आयकरतर्फ ८६ करोड ५६ लाख एक हजार र लाभांश करतर्फ दुई करोड आठ लाख ३० हजार ४०२ बराबरको राजश्व चुहावट गरेको भेटिएको छ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १० : ५५ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल