‘आश्रम’बाट पुनः चम्किएका बोबी « Khabarhub

‘आश्रम’बाट पुनः चम्किएका बोबी


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता बोबी देओल आज आफ्नो जन्मदिन मनाउदैछन् । सन् १९७७ मा फिल्म ‘धरम वीर’बाट बाल कलाकारका रुपमा पाइला चालेका बोबी आजका दिनमा बलिउडमै सक्रिय छन् ।

भलै यो सक्रियतामा उनी कहिले सफल भए त कहिले असफल । सन् २०२० मा रिलिज वेब सिरिज ‘आश्रम’ले बोबीको करियरलाई पुनः ब्यूताइदियो । यो सिरिजमा उनी प्रमुख भूमिकामा थिए ।

एमएक्स प्लेयरमा रिलिज भएको यो सिरिजले दर्शकबाट राम्रो प्रतिक्रिया पायो । यो दोस्रो संस्करण पनि चर्चामा रह्यो ।

उनले सन् १९९५ मा फिल्म ‘वर्षात’मा अभिनेत्री ट्विंकल खन्नाको अपोजिटमा ‘हिरो’का रुपमा डेब्यू गरे । यो फिल्मबाट उनले अवार्ड नै जिते । यसपछि उनी सस्पेन्स थ्रिलर फिल्म ‘गुप्त’मा देखिए । यो फिल्म व्यावसायिक रुपमा सफल भयो ।

यसपछि उनले ‘और प्यार हो गया’, ‘करीब’, ‘सोल्जर’, ‘दिललगी’, ‘अपने’, ‘यमला पगला दीवाना’, ‘बादल’, ‘अजनबी’, ‘हमराज’, ‘किस्मत’, ‘बर्दाश्त’, ‘अब तुम्हारे हवाले वतन साथियो’, ‘हमको तुमसे प्यार है’ र ‘दोस्ताना’लगायतका कैयौं फिल्ममा अभिनय गरे । यीमध्ये केही फिल्म सफल भए त केही असफल । तर प्रमुख अभिनेताका रुपमा उनले दाजु सनी देओल र पिता धर्मेन्द्रको जस्तो सफलता पाउन सकेनन् ।
सन २०१३ मा फिल्म ‘यमला पगला दीवाना २’मा देखिएपछि उनी गुमनाम झैं बने ।

उनी सन् २०१९ को हिट फिल्म ‘हाउसफूल ४’मा देखिए । जहाँ उनले धर्मपुत्रको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : ४६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले