म्यानमारमा सैनिक ‘कु’ : नेतृ आङ सान सूची पक्राउ « Khabarhub

म्यानमारमा सैनिक ‘कु’ : नेतृ आङ सान सूची पक्राउ


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् ।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूचीलाई पक्राउ गरिएको हो।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।

सोमबार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।

पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सूचीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै “लगिएको” बताएको बीबीसीले उल्लेख गरेको छ ।

“म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु,” उनले भने। उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए।

बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएको बताएका छन्।

म्यानमारको राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।

सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्।

सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिबार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ७ : १७ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको