कुवेतमा अवैधानिक बसेका नेपालीलाई वैधानिक बन्न म्याद थप « Khabarhub

कुवेतमा अवैधानिक बसेका नेपालीलाई वैधानिक बन्न म्याद थप

अझै वैधानिक नभए ‘डिपोर्ट’ गरिने


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता कायम गर्न त्यहाँको सरकारले समयावधि थप गरिएको जनाएको छ ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरिएको हो ।

कानूनी वैधता कायम गर्न वा कुवेत छोडी स्वदेश फिर्ता जान ३१ जनवरी २०२१ सम्म समयावधि तोकेकोमा यो अवधि बढाएर फेब्रुअरी १ अर्थात भोलिदेखि शुरू हुने गरी मार्च २ सम्मका लागि थप गरिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

नयाँ कोरोना भाइरस फैलिएसँगै देखापरेको अहिलेको असाधारण अवस्थालाई मध्येनजर गर्दै एक महिनाको अवधि थप गरिएको आन्तरिक मामिला मन्त्रालयलाई उदृत गर्दै दूतावासले जनाएको छ ।

थप गरिएको अवधिभित्र समेत आवासीय कानुन उल्लङ्घन गर्ने नेपाली लगायत विदेशी नागरिकहरूले आफ्नो कानुनी वैधता कायम गरेको नपाइएमा उनीहरुलाई कुवेत सरकारको कानून बमोजिम जरिवाना हुने, निजहरूले आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १ : ४० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६