राजदूत सुन्दासले लगाए कोरोनाबिरुद्धको खोप « Khabarhub

राजदूत सुन्दासले लगाए कोरोनाबिरुद्धको खोप


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले खोपको दुवै मात्र लिएको र कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

बहराइनमा सरकारले बहराइनका नागरिक सरह त्यहाँ कार्यरत सम्पूर्ण नेपाली नारिकहरुलाई पनि निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराइरहेको जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै बहराइन सरकारले खोपका लागि नाम दर्ता गराउन आग्रह गरेको जानकारी दिदै त्यहाँ कार्यरत नेपालीहरुलाई पनि समयमै आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ ।

खोप लगाए पनि कोरोनाको जोखिम कम नभएकाले मास्क लगाउन, भौतिक दुरी कायम गर्न र त्यहाँको सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पालना गर्न समेत दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १ : १५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले