१७ घण्टामा बनेको थियो ‘जुम्मा चुम्मा दे दे’ « Khabarhub

१७ घण्टामा बनेको थियो ‘जुम्मा चुम्मा दे दे’


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका महानायक अमिताभ बच्चन अभिनित फिल्म ‘हम’ प्रदर्शनको तीस वर्ष पुगेको छ । यो फिल्मको गीत ‘जुम्मा चुम्मा दे दे’ सर्वाधिक लोकप्रिय बनेको थियो ।

यो गीत यति लोकप्रिय भए पनि गीत रेकर्डको समयको अप्ठ्यारो सायदै कमैलाई मात्र थाहा होला । गीतका गायक सुदेश भोसलेका अनुसार यो गीत १७ घण्टामा तयार भएको थियो ।

‘मैले फिल्म मुकद्दरका सिकन्दरमा अमिताभका लागि गीत गाएको थिएँ । त्यसपछि सबैले मेरो स्वर मनपराए र जुम्मा चुम्मा दे देका लागि मलाई गाउन अफर आयो’, हालैको एक अन्तरवार्तामा उनले भनेका छन्, ‘यो गीतका लागि म अमितजीको अगाडि बसें र उनका लागि गीत गाएँ । मेरो स्वर सुन्ने बित्तिकै अचम्ममा परेर यो गीत रेकर्डको लागि बोलाए । हामीले यो गीत मेहबूब स्टुडियोमा ७० देखि ८० को संख्यामा रहेका वाद्यवादकका साथ रेकर्ड गरायौं । यो रेकर्ड बिहान नौ बजेदेखि रातीको दुई बजेसम्म चलेको थियो ।’

सुदेशले गीत रेकर्ड गर्दा आफूले २५ कप चिया पिएको खुलाए । यो गीत सार्वजनिक भएसँगै सुदेशको करियरमा कायापलट नै भयो । यो फिल्ममा अमिताभसँगै रजनीकान्त, गोविन्दा, किमी काटकर, दीपा शाही, शिल्पा शिरोडकर, डेनी डेन्जोङपा, कादर खान, अनुपम खेर र अन्नु कपुरको अभिनय थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १२ : ५३ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको