म्यानमार भएको सैन्य 'कु' को विश्वभरबाट निन्दा, रूस र चीन मौन | Khabarhub Khabarhub

म्यानमार भएको सैन्य ‘कु’ को विश्वभरबाट निन्दा, रूस र चीन मौन


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमार भएको सैन्य ‘कु’ को विश्वभरबाट निन्दा भएको छ ।

संयुक्त राष्ट्र संघ, अमेरिका, भारतलगायतका लोकतान्त्रिक मुलुकहरूले सेनालाई कदम सच्याउन आग्रह गरिरहेका छन् ।

प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित विपक्षी नेतालाई नजरबन्दमा राखेर सेनाले शासनसत्ता हातमा लिएपछि विश्वभरबाट निन्दा भएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कु’प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।  निर्वाचनमा भएको नतिजा स्वीकार गर्न उनले आग्रह गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सबै सरकारी अधिकारीहरूको तत्काल रिहाइको माग गरेका छन् ।  ‘अमेरिका बर्माका नागरिकहरुको प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र विकासको चाहनाको पक्षमा छ । सेनाले तत्काल आफ्नो कदम सच्याउनुपर्छ,’ उनले भनेका छन् ।

अष्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले म्यानमारको सेनालाई कानूनी राजको सम्मान गर्न आग्रह गरेकी छन् ।

भारतले पनि म्यानमारको घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै कानून र प्रजातान्त्रिक मान्यताको सम्मान गरिनुपर्ने बताएको छ ।

म्यानमारको सैन्य ‘कु’ बारे यो समाचार तयार पार्दासम्म रूस र चीनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । घटनापछि टेलिभिजन, इन्टरनेटसहितका आमसञ्चारका साधनहरू बन्द गरिएको छ ।

म्यानमारमा गत नोभेम्बरमा आम निर्वाचन भएको थियो । उक्त निर्वाचनमा सत्तारुढ पार्टीले अत्यधिक बहुमतसहितको जित हात पारेको थियो ।

तर, यो निर्वाचनको नतिजामा भने सेना र उसको राजनीतिक सहयोगी पार्टीहरुले धाँधली भएको जनाउँदै आएका थिए ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १ : ०५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले