प्रचण्ड–नेपाल समूहको नेकपाले केपी ओलीलाई पार्टीबाट हटायाे « Khabarhub

प्रचण्ड–नेपाल समूहको नेकपाले केपी ओलीलाई पार्टीबाट हटायाे


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेकपाले प्रधानमन्त्री समेत रहेका नेकपाका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको प्रचण्ड–नेपालको चौथो केन्द्रीय समितिको बैठकले महासचिव विष्णु पौडेललाई समेत पदबाट हटाएको छ ।

बैठकमा प्रचण्ड–नेपाल पक्षका नेकपाका अध्यक्ष प्रचण्डले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव केन्द्रीय समितिको बैठकले पारित गरेको हो ।

यसअघि प्रचण्ड–नेपाल पक्षको माघ ११ गते बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । सोही निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदन गराइएको हो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ५४ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर