मोबाइलबाट टाढिने आमिरको घोषणा « Khabarhub

मोबाइलबाट टाढिने आमिरको घोषणा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका मिस्टर पर्फेक्टसनिस्टका रुपमा परिचित अभिनेता आमिर खानले सञ्चारबाट आफूलाई विच्छेद गराउन मोबाइल बन्द गर्ने घोषणा गरेका छन् ।

यो निर्णयले आफ्नो काम र व्यक्तिगत जीवनमा सजिलो हुने उनको विश्वास छ ।

आमिरका प्रवक्ताले आमिरका साथी अमिन हाजीको फिल्म ‘कोइ जाने ना’को सुटिङका लागि फिल्म ‘लाल सिंह चड्डा’बाट केही समयका लागि ब्रेक लिएको उल्लेख गरेका छन् । फिल्म ‘कोइ जाने ना’को जयपुरमा छायांकन गरिएको थियो ।

तर फिल्म ‘लाल सिंह चड्डा’का एक सदस्यले भने आमिरले मुम्बई फर्किएर फिल्मको काम शुरु गरिसकेको बताए । यो फिल्मको बाँकी काम सकेर उनी निर्देशक अद्वेत चन्दनका साथ पोस्ट प्रोडक्सनमा बस्नेछन् । फिल्म यही क्रिसमसमा रिलिज गर्नुपर्ने भएकाले पनि आमिरको व्यस्तता बढ्दो छ ।

यही व्यस्ततालाई मध्यनजर गर्दै आमिरले सोमबारबाट मोबाइल पूर्ण रुपमा बन्द गरेका छन् ।

‘आमिरले आफूमा मोबाइल चलाउने बानी बढेपछि उनले त्यसको असर निजी जीवन र काममा परेको बुझिसकेका छन्, त्यहीकारण उनी मोबाइल नभएको पुरानो समयको जीवनशैलीलाई अपनाउन चाहेका छन्,’ भारतीय मिडियाहरूले सूत्रको हवाला दिँदै उल्लेख गरेका छन् ।

आमिरले आफू निकटलाई अत्यावश्यक काममा आफूलाई भेट्नु परे मेनेजर वा कामसँग सम्बन्धित व्यक्तिलाई भन्न आग्रह गरेका छन् । ‘फिल्म ‘लाल सिंह चड्डा’ रिलिज नहुञ्जेलसम्म उनको सामाजिक सन्जालको खाता पनि उनको टिमले नै चलाउनेछन्’, भारतीय मिडियाहरूले जनाएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : १० बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको