सेयर बजार नेप्से ३७.७ अंकले बढ्यो « Khabarhub

सेयर बजार नेप्से ३७.७ अंकले बढ्यो


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  साताको दोस्रो दिन नेप्से  ३७.७ अंकले बढेर २४०८.८ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि ४. ९५ अंकले बढेर ४३७.२८ बिन्दुमा चढेको छ ।

आज दुई सय तीन वटा कम्पनीहरुको ६५ हजार सात सय ७८ पटकको कारोवारमा एक करोड ३३ लाख ११ हजार नौ सय ४२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज छ अर्ब ९७ करोड २९ लाख ३६ हजार पाँच सय २९ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । आज बाँणिज्य बैंक समुहको सुचक २० दसमलव चार अंकले बढेर १६ सय ८९ दसमलव ६६ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३३ दसमलव छ अंकले बढेर १८ सय ७६ दसमलव ९१ बिन्दुमा चढेको छ ।

यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचकहरु पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सेञ्चुरी कर्मसियल बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई सय ५३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कालिका माईक्रो क्रेडिट लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने छ दसमलव ५६ प्रतिसतले घटेर १२ सय ३९ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय १७ रुपैयाँ अन्तिम मुल्यमा ५८ करोड १७ लाख १५ हजार नौ सय २२ रुपैयाँको कारोवार भएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ४४ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी