प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस लगायतका दलसँग ‘साझा संघर्ष’को सहमति जुट्दै : प्रचण्ड « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस लगायतका दलसँग ‘साझा संघर्ष’को सहमति जुट्दै : प्रचण्ड


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनर्स्थापनाको लागि साझा संघर्ष गर्न नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दलसँग सहमति जुट्न लागेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै दाहालले प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दामा कांग्रेस र जसपालगायतका दलहरुसँग सहमति बन्न थालेको दाबी गरेका हुन् ।

कांग्रेस र जसपामा चुनाव कि संसद् पुन:स्थापना भन्नेबारे आन्तरिक मतभेद रहेकै बेला दाहालले उनीहरुसँग पुन:स्थापनाका लागि सहमति बन्न थालेको बताए ।

उनले भने, ‘संसद् पुन:स्थापनासम्बन्धी मुद्दामा अन्य दलहरुसमेत एक ठाँउमा आउने अवस्था बन्दै गएको छ । केपी गुटलाई आन्दोलनबाट धरासायी बनाउने सहमति हुन थालेको छ ।’

उनले प्रदेश १ र वागमती प्रदेशमा कांग्रेससँग मिलेर अघि बढ्ने विषयमा सहमतिउन्मुख रहेको जानकारी दिएका थिए। प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

नेकपाका दुवै समूहको आधिकारिकता अस्वीकार गर्ने माघ ११ को निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको भन्दै प्रचण्डले आफूसँग रहेको बहुमत संख्यालाई आयोगले मान्यता नदिएकोमा असन्तुष्टि जनाएका थिए। संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सकरात्मक निष्कर्ष आउने विश्वास बढेको बताए।

उनले केपी गुटलाई अब एक्ल्याउने र आन्दोलनबाटै कमजोर बनाउने बताएका थिए।

यसैगरी नेकपा दाहाल–नेपाल पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले केन्द्रीय कमिटी र स्थायी कमिटीमा आफूहरुको बहुमत रहेकोले अर्को पक्ष चोटिएर गएको बताए ।

नेकपा आफूहरुको भएको भन्दै कसैले आँखा लगाउन र औलो ठड्याउन नपाउने उनले बताए ।

उनले विधानको व्यवस्था बमोजिम नै पार्टीको बैठक बसेकाले निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारीता दिनुपर्ने धारणा राखेका थिए ।

अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग एक चौथाइ पनि केन्द्रीय सदस्य नभएको अवस्थामा नेकपाको चिन्हमा अरु कसैले दावी गर्न नमिल्ने उनले बताए ।

अध्यक्ष नेपालले सरकार र पार्टीमा ओलीको एकाधिकार मानसिकता देखिएका कारण आफुहरुले कारवाही गरेको तर्क गरे ।

ओलीले सहमति कार्यान्वयन नगरेको, गुटबादी सोच हावी भएको, बैठक बोलाउन नमानेको र संघीयता विरोधी सोच राखेकै कारण अहिलेको अवस्था आएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ६ : १७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था