दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित « Khabarhub

दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरा अस्पताल संकटमा गुज्रँदै गएको छ । विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरा गाभेर उपक्षेत्रीय अस्पताल बनाइएको केही समय अगाडि २०७५ फागुनमा नेपाल सरकारले सुविधा सम्पन्न बनाउने उद्देश्यले प्रदेशबाट संघ मातहतमा राखिएपछि झनै संकटमा परेको छ ।

सो अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । यहाँ अहिले छात्रवृत्ति र करारमा गरी १२ मात्रै विशेषज्ञ चिकित्सक रहेका अस्पतालका निमित्त प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी दिए ।
“अस्पतालमा तीनजना विशेषज्ञ चिकित्सक मेडिकल अधिकृतको दरबन्दीमा छौँ, नौजना चिकित्सक छात्रवृत्ति र करारमा काम गरिरहेका छन्”, उनले भने ।

हाल अस्पतालमा १८ जनाको मेडिकल अफिसर दरबन्दी भए पनि चारजना मात्र रहेका डा विष्टले बताउनुभयो । तीस स्टाफ नर्समध्ये सातजना मात्र कार्यरत अस्पतालमा पछिल्लो करारबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको छ । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उनले बताए ।

दरबन्दी अनुसारका चिकित्सक सात वर्षको अवधिमा कहिले पनि रहेनन् । टिम अस्पतालबाट उपक्षेत्रीय हुँदै हालै मात्र विशेषज्ञ चिकित्सकसहितको सो अस्पताल घोषणा गरिए पनि अस्पतालमा कति दरबन्दी रहने र खर्चको विवरण के हुने भन्ने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : ५७ बजे

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा

स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लक्षित प्रचार–प्रसार

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक