अध्यक्ष नपाएको झोकमा माधव प्रचण्डको पछि लागे : मुख्यमन्त्री गुरुङ « Khabarhub

अध्यक्ष नपाएको झोकमा माधव प्रचण्डको पछि लागे : मुख्यमन्त्री गुरुङ


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यक्ष पद नपाएको झोकमा माधवकुमार नेपाल प्रचण्डको पछि लागेको आरोप लगाएका छन् ।

नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका १० अरुणखोलामा नेकपा मध्यविन्दु नगरकमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विधिको कुरा गर्ने नेपालले आफै अध्यक्ष पदको लागि महाधिवेशनसम्म कुर्न नसकेको बताए ।

उनले नेपाली राजनीतिमा बिजुली चम्के जसरी आएका प्रचण्ड त्यसैगरी पलायन हुने टिप्पणी गरे ।

नेपाली कम्युनिस्ट आन्दोलनका मोहनबिक्रम सिंह, मोहन बैद्यसहित बाबुराम भट्टराईसम्मले एक्लो बनाएका प्रचण्डलाई विश्वास गर्न नसकिने उनको भनाइ थियो ।

नेकपाबाट अवसरवादी नेताहरु पलायन भएको भन्दै उनीहरु बाहिरिदा नेपाली कम्युनिस्ट आन्दोलनमा कुनै क्षति नहुने गुरुङले बताए ।

मुख्यमन्त्री गुरुङले भारतसँगको असमान सन्धीसम्झौता अस्वीकार गर्ने नेपालको एक मात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको दाबी गरे ।

‘कम्युनिष्ट सरकारको प्रधानमन्त्री मनमोहन अधिकारीले असमान सन्धिको विरुद्ध आवाज उठाउनुभयो’, उनले भने, ‘त्यसपछि प्रधानमन्त्री केपी ओलीले मात्रै राष्ट्रियतामा अडान लिने प्रधानमन्त्री बन्नुभएको छ ।’

भारतीय नाकाबन्दीदेखि लिपुलेक, कालापानी समेटेर नक्सा जारी गरेपछि माधव नेपाल र प्रचण्डले निहुँ खोज्न थालेको गुरुङले बताए ।

गुरुङले केपी ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको भन्दै सूर्य चिन्ह आफूहरुको भएको बताए ।

गण्डकी सरकारको महत्वकांक्षी योजना मध्येको एउटा योजना मुस्ताङ्ग–त्रिवेणी सडक खण्ड अन्तरगत पर्ने दुम्किबास–त्रिवेणी सडक निर्माणका लागि निरीक्षण गर्न भन्दै सोमवार त्रिवेणी आएका उनले सोमबार नै चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरुसँग बाटो निर्माणको कानुनी अड्चनकाबारेमा छलफल गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ८ : १६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था