बेल्जियमको जेलमा कोरोना फैलिएपछि कैदीका आफन्त आन्दोलित « Khabarhub

बेल्जियमको जेलमा कोरोना फैलिएपछि कैदीका आफन्त आन्दोलित


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स (सिन्ह्वा)- बेल्यिजयमको एक कारागारमा कोरोना भाइरसको संक्रमण फैलिएपछि तिनका आफन्त आन्दोलित भएका छन् ।

नामुर कारागारमा १३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ ।

सरकारले थुनामा रहेका कैदीलाई सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक ध्यान नदिएको तथा सङ्क्रमित कैदीलाई भेट्न कारागार प्रशासनले नदिएको भन्दै उनीहरूका आफन्तहरूले कारागार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

संक्रमितहरुलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्र रुप लिनसक्ने भन्दै जेल प्रशासनले उनीहरूलाई भेट्न नदिइएको बताएको छ ।

प्रधानमन्त्री अलेक्डेन्डर डी क्रोओले कारागारमा देखिएको सङ्क्रमणले देश नै कोरोनाको संकटमा परेको संकेत गर्दै लकडाउनको थप उपायहरु अपनाउने बताएका छन् ।

महामारी नियन्त्रणका लागि पर्याप्त सतर्कता अपनाइरहेका समय सङ्क्रमण फैलिएको र यसलाई नियन्त्रणमा ल्याउनका लागि थप कदम चाल्ने उनले बताए ।

बेल्जियममा संक्रमण फैलिएपछि रात्रिकालीन लकडाउन जारी छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया