नाभाल्नीलाई मस्कोभन्दा २०० किलोमिटर पूर्वको जेलमा सारियो « Khabarhub

नाभाल्नीलाई मस्कोभन्दा २०० किलोमिटर पूर्वको जेलमा सारियो


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को (एएफपी)- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको एक जेलमा सारिएको छ ।

नाभाल्नीलाई पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा सारिएको रूसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले जनाएको छ ।

जर्मनीमा पाँच महिनाको उपचारपछि स्वदेश फर्किएका उनलाई राज्यसँग उनले गरेको प्रतिवद्धता उल्लङ्घन गरेको अभियोगमा रूसी अदालतबाट यसै महिना २.५ वर्षको जेल सजाय तोकिएको थियो ।

धेरै दिनसम्म नाभाल्नीका आफन्त तथा शुभचिन्तकलाई समेत उनलाई कहाँ राखिएको भन्ने जानकारी क्रेमलिनले गराएको थिएन । फेडरल जेल सर्भिसका प्रमुखले भने, ‘शुक्रवारका नाभाल्नीलाई मस्कोको एक जेलबाट ‘पेनल कालोनी’मा सारिएको छ ।’ यद्यपि उनले नाभाल्नीबारे अन्य विवरणहरू उपलब्ध गराएनन् ।

नेल्भनीको सम्भावित स्थान बारे साताको अन्त्यमा स्थानीय मिडियामा अज्ञात स्रोतका आधारमा रिपोर्टहरू प्रसारित गरिएको थियो । यसभन्दा अघि मस्कोको सार्वजनिक आयोगले आइतबार विज्ञप्तिमा भन्यो कि विपक्षी व्यक्तित्व भ्लादिमीर क्षेत्रको एक संघीय जेल सेवा संस्थामा छ ।

‘हामीलाई प्राप्त सूचना अनुसार नाभाल्नीलाई जेल सजाय भुत्तानीका लागि भ्लादिमिर क्षेत्रमा ल्याइएको छ,’ आयोगका सदस्य अलेक्सी मेल्निको भले भने, ‘नाभाल्नीलाई केही दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि ‘पेनल कालोनी’मा सारिनेछ ।’

नाभाल्नी मस्कोका लागि उडेको एक आन्तरिक उडानमा रहेका समय जटिल विरामी परेपछि जर्मनी लगिएको थियो । जर्मनीमा गरिएको परीक्षणमा उनलाई सोभियतकालीन बिषाक्त पदार्थ दिइएको दावी गरिएको थियो । जर्मनीमा उपचार र करिब पाँच महिना बसाईपछि उनि गत महिना स्वदेश फर्किएका थिए ।

नाभाल्नीले आफूलाई उक्त घातक बिषाक्त सेवन गराउनुमा राष्ट्रपतिको सम्लग्नता रहेको दावी गर्दै आएका छन् भने क्रेमलिनले दावीलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : २५ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने