नाभाल्नीलाई मस्कोभन्दा २०० किलोमिटर पूर्वको जेलमा सारियो « Khabarhub

नाभाल्नीलाई मस्कोभन्दा २०० किलोमिटर पूर्वको जेलमा सारियो


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को (एएफपी)- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको एक जेलमा सारिएको छ ।

नाभाल्नीलाई पूर्व भ्लादिमीर क्षेत्रमा रहेको एक जेलमा सारिएको रूसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले जनाएको छ ।

जर्मनीमा पाँच महिनाको उपचारपछि स्वदेश फर्किएका उनलाई राज्यसँग उनले गरेको प्रतिवद्धता उल्लङ्घन गरेको अभियोगमा रूसी अदालतबाट यसै महिना २.५ वर्षको जेल सजाय तोकिएको थियो ।

धेरै दिनसम्म नाभाल्नीका आफन्त तथा शुभचिन्तकलाई समेत उनलाई कहाँ राखिएको भन्ने जानकारी क्रेमलिनले गराएको थिएन । फेडरल जेल सर्भिसका प्रमुखले भने, ‘शुक्रवारका नाभाल्नीलाई मस्कोको एक जेलबाट ‘पेनल कालोनी’मा सारिएको छ ।’ यद्यपि उनले नाभाल्नीबारे अन्य विवरणहरू उपलब्ध गराएनन् ।

नेल्भनीको सम्भावित स्थान बारे साताको अन्त्यमा स्थानीय मिडियामा अज्ञात स्रोतका आधारमा रिपोर्टहरू प्रसारित गरिएको थियो । यसभन्दा अघि मस्कोको सार्वजनिक आयोगले आइतबार विज्ञप्तिमा भन्यो कि विपक्षी व्यक्तित्व भ्लादिमीर क्षेत्रको एक संघीय जेल सेवा संस्थामा छ ।

‘हामीलाई प्राप्त सूचना अनुसार नाभाल्नीलाई जेल सजाय भुत्तानीका लागि भ्लादिमिर क्षेत्रमा ल्याइएको छ,’ आयोगका सदस्य अलेक्सी मेल्निको भले भने, ‘नाभाल्नीलाई केही दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि ‘पेनल कालोनी’मा सारिनेछ ।’

नाभाल्नी मस्कोका लागि उडेको एक आन्तरिक उडानमा रहेका समय जटिल विरामी परेपछि जर्मनी लगिएको थियो । जर्मनीमा गरिएको परीक्षणमा उनलाई सोभियतकालीन बिषाक्त पदार्थ दिइएको दावी गरिएको थियो । जर्मनीमा उपचार र करिब पाँच महिना बसाईपछि उनि गत महिना स्वदेश फर्किएका थिए ।

नाभाल्नीले आफूलाई उक्त घातक बिषाक्त सेवन गराउनुमा राष्ट्रपतिको सम्लग्नता रहेको दावी गर्दै आएका छन् भने क्रेमलिनले दावीलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया