महाशक्ति दौडमा अमेरिकी नौसेनाको सशक्तीकरण | Khabarhub Khabarhub

महाशक्ति दौडमा अमेरिकी नौसेनाको सशक्तीकरण



हामी फेरि एकपटक महाशक्ति देशबीचको प्रतिस्पर्धात्मक युगमा बाँचिरहेका छौँ । अहिलेको यो प्रतिस्पर्धा अमेरिका, चीन र रसियाले झनै बढाएका छन् ।

सन् २०२९ सम्म चीनमा जनघनत्वका साथै आर्थिक तनाव देखिन थाल्नेछ । ताइवानका विषयमा ठोस कदम चाल्न नसकेको निहुँका साथै दीर्घकालीन आर्थिक विकासमा चुनौती थपिँदा चिनियाँ कम्युनिस्ट पार्टीको वैधतामा प्रश्न उठ्नेछ ।

‘एक देश दुई परिवेश’ ले चीनलाई थप चुनौती थपेको छ । चीन र ताइवानबीच नसुल्झिएको विषयले शान्तिपूर्ण समाधानको उपाय नपाउँदासम्म यो समस्या रहिरहनेछ ।

यी सबै कुरा चल्दै गर्दा रसिया अर्को रणनीतिक चुनौतीका रूपमा अगाडि आएको छ । रसियाले आफ्नो देशका स्वार्थ पूरा गर्न अन्य देशका साझेदार मुलुकबीच नै समस्या उत्पन्न गर्ने गरेको पाइन्छ ।

यी बाटाहरू अप्ठ्यारा छन् र आउने गन्तव्यका अगाडि ठूलो समुद्र छ ।

समुद्रकै प्रसङ्ग आउँदा हेरिटेज फाउन्डेशनका विश्लेषकहरूले ३० वर्षअघिको सामुद्रिक सुरक्षाले आगामी दिनमा अमेरिकालाई सुरक्षित बनाउन नसक्ने कथा र तर्क बुनिएको पाएका छन् ।

हाम्रो नयाँ प्रतिवेदन ‘अमेरिकी सेनाको पुनःनिर्माण गर्ने कार्ययोजना’ मा हामीले नयाँ तरिका अपनाउनुपर्ने बताएका छौँ, नौसेना रणनीति । यसले हाम्रो आर्थिक रणनीतिका साथै वैश्विक नौसेना रणनीति कार्यान्वयन गर्न सहज बनाउँछ ।

यदि सही रणनीति र उचित विश्लेषणसहित अमेरिकी नौसेनालाई प्रशिक्षित गर्ने हो भने यसले चीन र रसियाको संयुक्त प्रतिस्पर्धाका साथै उनीहरूका हाइब्रिड सैन्य शक्तिलाई पनि परास्त गर्न सक्छ । यसका साथै हामीले नयाँ साझेदारीको नीति अघि बढाउन सक्छौँ जसले नौसेनाको वर्तमान अवस्थिति बलियो बनाउनेछ । यसो गर्दा युद्ध भएको अवस्थामा अमेरिकी सेनाले सफलता प्राप्त गर्न सक्छ ।

निश्चय पनि यहाँ समस्या छ । रणनीतिकारहरू लामो समयको रणनीति बनाउन लागिपरेका छन् । यस क्रममा रणनीतिकारहरूले प्रशासनिक कामको प्रशंसा गरेको सुन्न पनि पाइन्छ तर आवश्यक कदमका विषयमा भने उनीहरूको तयारी खास देखिँदैन ।

यसबाट पार पाउन प्रतिवेदनले आगामी दिनको रणनीति कस्तो हुनुपर्छ र त्यसको कार्यान्वयनका लागि के गर्नुपर्छ भन्ने कुरा समावेश गरेको छ । यसले दक्षिण चीन सागरमा एउटा सैन्य टुकडी आवश्यक तयारीमा राख्नुपर्ने, ग्रे जोन अपरेसन्सका लागि गैरघातक क्षमताका जहाज तैनाथी अवस्थामा राख्ने र यस्ता सामुद्रिक प्रयासका लागि अन्तक्र्रियात्मक नेतृत्वको नाम दिने लगायतका सुझाव उल्लेख गरिएको छ ।

अहिलेको सामुद्रिक नीति सक्रिय रणनीतिसहित बदल्ने काम कम चुनौतीपूर्ण छैन । शीत युद्धको दौरान अमेरिकाको एकमात्र प्रतिस्पर्धी सोभियत संघको सामुद्रिक चुनौती परास्त गरेको पनि ३० वर्ष भइसकेको छ ।

स्पष्ट नभए पनि नौसेना संरचना सम्बन्धी नयाँ नीति यसअघिको अमेरिकी प्रशासनले आफ्नो अन्तिम समयमा ल्याएको थियो । त्यस नीतिमा चुनौती लक्षित विश्लेषण गरिएको थियो जसले नौसेना सम्बन्धी रणनीति रेखाङ्कित गरेको थियो । हामीले त्यो नीति अघि बढाउँदै चीन र रसियाबाट आउन सक्ने सामुद्रिक चुनौती समाना गर्न तयारी अवस्थामा बस्नुपर्छ ।

ऐतिहासिक रुझानलाई विश्वास गर्ने हो भने यस्तो नीति अख्तियार गर्न सन् २०३५ सम्म वार्षिक १२ दशमलव ३ बिलियन अमेरिकी डलर बराबरको नौसेना बजेट बढाउनु आवश्यक हुन्छ ।

यो योजना अघि बढाउन नौसेना, रक्षा मन्त्रालय, उद्योग, कांग्रेस, यी सबै क्षेत्रबीच व्यापक साझेदारी हुन आवश्यक हुन्छ । यसो हुँदा मात्रा जनतालाई यो रणनीतिको कार्यान्वयन आवश्यक छ भन्ने कुरा मनाउन सकिन्छ ।

यो योजनामा आवश्यक पर्ने बजेटका लागि पहिला जनताको विश्वास र भरोसा जित्नु पर्छ । यसका लागि नौसेनाले उत्कृष्ट जहाज निर्माणकर्ताका रूपमा आफूलाई बलियो बनाउनु पर्छ । यसो गर्न नौसेनाले आन्तरिक रूपमा नै विकास भएको जहाजका खाका मजबुत बनाउनुपर्छ । यसरी आन्तरिक रुपमा नै खाका तयार भएको जहाज निर्माण गर्दा खर्च कम लाग्छ । यो दीर्घकालसम्मै अमेरिकाको फाइदामा हुन्छ ।

शीत युद्धको समाप्तिपछि, सैन्य र आर्थिक शक्तिका आधारमा बढेको शक्तिले अमेरिकाको प्रतिक्रियाशील राष्ट्रिय सुरक्षा नीतिलाई प्रोत्साहित ग¥यो । यदि अमेरिकालाई विश्वमा अझै पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न, लामो समयको प्रयत्नपछि हासिल गरेको समृद्धि कायम राख्नु छ भने उसको प्रतिक्रियाशील नीति बदल्नुपर्छ ।

अहिलेको सामुद्रिक नीति सक्रिय रणनीतिसहित बदल्ने काम कम चुनौतीपूर्ण छैन । शीत युद्धको दौरान अमेरिकाको एकमात्र प्रतिस्पर्धी सोभियत संघको सामुद्रिक चुनौती परास्त गरेको पनि ३० वर्ष भइसकेको छ ।

महाशक्ति राष्ट्रको प्रतिस्पर्धामा आफूलाई कायम राखिराख्ने हो भने अमेरिकाले युद्ध जित्न सक्ने सामुद्रिक जहाजको बन्दोबस्त गर्नुका अतिरिक्त अहिलेको शान्तिपूर्ण अवस्थामा आक्रमक नीति लिन जरुरी छ ।

(ब्रेन्ट सेल्डर सामुद्रिक युद्ध र आधुनिक प्रविधिका वरिष्ठ अनुसन्धानकर्ता हुन् । २५ फेबु्रअरी २०२१ मा द हेरिटेज फाउन्डेसनको वेबसाइटमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ५७ बजे

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु  

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’

हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा– मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ

तपाईंलाई थाहा छ, कुन कपडा तातोपानीले धुनु हुँदैन ?

‍काठमाडौं– मौसम परिवर्तनसँगै जाडोयाम भित्रिसकेको छ। जाडोयाम छिप्पिँदै जाँदा पानी

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा