यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने « Khabarhub

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज एन्फा र क्लबबीच भएको बैठकबाट आगामी पुसमा राष्ट्रिय लिग गर्ने सहमति जुटेको हो । यस्तै, बैठकले यस वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने निर्णय गरेको छ ।

‘ए’ डिभिजन लिग पछिल्लो पटक २०७९ सालमा भएको थियो । एन्फा र क्लब बसेको बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।

यसैगरी राष्ट्रिय लिगमा गत संस्करणको ‘ए’ डिभिजन लिगमा शीर्ष ६ मा रहेका टोली र मकवानपुरमा बुधबारदेखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार गरी १० टोलीले राष्ट्रिय लिगमा सहभागी हुनेछ्न ।

‘ए’ डिभिजनका चर्च व्वाईज युनाईटेड क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस टिम, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र एनआरटी छन् ।

राष्ट्रिय लिगमा सहभागी टोलीले आगामी मङ्सिर ५ गते टोटी तथा ९ गते खेलाडी दर्ता गर्नुपर्नेछ । यसैगरी लिगको खेल तालिका भने मङ्सिर १९ मा सार्वजनिक हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : १६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा