प्रहरी दमनमा १८ जना मारिएपछि झन् चर्कियो म्यान्मारमा प्रदर्शन « Khabarhub

प्रहरी दमनमा १८ जना मारिएपछि झन् चर्कियो म्यान्मारमा प्रदर्शन

अहिलेसम्मकै 'घातक घटना' : राष्ट्रसंघ


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा प्रहरीको गोली लागि १८ जना प्रदर्शनकारीको मृत्यु भएपछि प्रदर्शन झन् चर्किएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि आइतबार गोली चलाउँदा १८ जनाको मृत्यु तथा कयौँ घाइते भएको विवरणहरू बाहिरिएसँगै प्रदर्शनकारी झन् आक्रोशित भएका छन् ।

तस्वीर : रोयटर्स

फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा जारी प्रदर्शनमा ब्यापक दमन भएपछि आन्दोलन झन चर्किन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आङ सान सू ची लगायतका नेताहरूलाई अपदस्थ गरेर सेनाले सत्ता हातमा लिएपछि त्यसको विश्वव्यापीरूपमा निन्दा हुँदै आएको छ । अन्तर्राष्ट्रिय शक्ति र जनदबाब बढे पनि म्यान्मारको सेनाले अझै सत्ता हस्तान्तरण गरेको छैन ।

तस्वीर : ईपीए

सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले आन्दोलनकारीलाई लखेटेका दृश्यहरू देखिएका छन् । सुरक्षाकर्मीले गरेको दमनपछि कतिपय मानिसहरू रग्ताम्य देखिएका छन् ।

हेर्नोस् फ्रान्स २४ ले राखेको यो भिडियो 

अहिलेसम्मकै ‘घातक घटना’

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गर्दै अहिलेसम्मकै ‘घातक घटना’ भएको टिप्पणी गरेको छ।

आइतवार प्रहरीको गोली लागि कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेकोसमेत कार्यालयले जनाएको छ।

‘म्यान्मारका जनतालाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने र प्रजातन्त्रको पुनर्बहालीको माग गर्न पाउने अधिकार छ,’ प्रवक्ता रविना शमदासनीले भनिन्, ‘प्रदर्शनकारीविरुद्ध घातक हतियारको प्रयोगको औचित्य अन्तर्राष्ट्रिय मानवअधिकार मान्यता अन्तर्गत कहिल्यै पुष्टि हुन सक्दैन।’

म्यान्मारमा प्रदर्शन सुरू भएको एक महिनामा कैयौँ मानिस पक्राउ परेका छन् । तर त्यसका विवरणहरू सार्वजनिक भएका छैनन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : ३९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर