प्रवीण बाँस्तोला हत्या प्रकरण : घरबेटी रमेश गिरी पनि पक्राउ « Khabarhub

प्रवीण बाँस्तोला हत्या प्रकरण : घरबेटी रमेश गिरी पनि पक्राउ


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- उर्लाबारीका प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक जना  पक्राउ परेका छन् ।

प्रहरीले घरधनी उर्लाबारीका रमेश गिरीलाई पक्राउ गरेको हो । उनलाई आजै जिल्ला अदालत मोरङमा उपस्थित गराउने मोरङ प्रहरीका प्रमुख, एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रवीणको हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा उनी सुतेका थिए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो ।

उपचारका लागि गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । हत्या आरोपमा पक्राउ परेका दुई जनामध्ये एक जना पुर्पक्षका लागि थुनामा छन् ।

बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।

होटल संचालक कुमार राईलाई ३ लाख रुपैयाँ धरौटीमा छाडिएको छ । हत्यामा संलग्न भएको आरोप लागेका अरू तीन जना फरार छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १२ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया