राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु « Khabarhub

राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ ।

सार्वजनिक सडकको संरक्षण, सुरक्षा, यातायात सञ्चालनमा सहजता तथा सडकको उचित व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए ।

त्यस सिलसिलामा स्थानीय तिला गाउँपालिकास्थित कुडारीबजार र  त्रिवेणी बजार क्षेत्रका अतिक्रमित सबै संरचना हटाउन थालिएको कार्यालय प्रमुख महताराको बताए । 

अतिक्रमण घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गाउँपालिका र सडक डिभिजनले प्राथमिकताकासाथ काम गरिरहेको उनले स्पष्ट पारे  ।

अतिक्रमित संरचना हटाउने सन्दर्भमा विगतमा सूचना टाँस्नमै सीमित रहेकामा अहिले भने कार्यान्वयन गर्न स्थानीय सरकार र सडक डिभिजन क्रियाशील भएको प्रमुख महताराले बताए ।

आगामी दिनमा जुम्लालगायत कालीकोट र मुगु जिल्लाका राजमार्ग क्षेत्रभित्रका अतिक्रमित त्यस्ता संरचना हटाउन सार्वजनिक सूचना जारी गरी आवश्यक प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १२ : ३५ बजे

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

काठमाडौँ– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

जियुक्वान- चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै तीन

बालश्रम रोक्न कानुनसँगै परिवारको आर्थिक अवस्था सुधार्नुपर्नेमा जोड

काठमाडौँ – बालश्रम अन्त्यका लागि कानुनी प्रतिबन्धसँगै गरिबी, बेरोजगारी र

राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

जुम्ला– सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक

काठमाडौँ-धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

बनेपा– काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन