‘गोल्डेन ग्लोब’मा ‘द क्राउन’लाई सर्वाधिक अवार्ड « Khabarhub

‘गोल्डेन ग्लोब’मा ‘द क्राउन’लाई सर्वाधिक अवार्ड


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउडको प्रख्यात ‘गोल्डन ग्लोब अवार्ड’को ७८ औं संस्करण अमेरिकामा सम्पन्न भएको छ । कोरोना महामारीबीच यो अवार्ड यसपटक भर्चुअल रुपमा गरियो ।

दिवंगत अभिनेता चेडविक बोसमेनले फिल्म ‘मा रेनिज ब्ल्याक बटम’का लागि ‘वेस्ट एक्टर’को अवार्ड पाउदा आन्ड्रा डेले ‘दी युनाइटेड स्टेट्स भर्सेस बिली होलिडे’का लागि ‘वेस्ट एक्ट्रेस’को अवार्ड जितिन् ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार टेलिभिजन ड्रामा विधामा ‘द क्राउन’ले ‘वेस्ट सिरिज’ जित्दा सिरिजका लागि जोश ओ कानरले ‘वेस्ट टीवी एक्टर’, एमा कोरिनले ‘वेस्ट टीवी एक्ट्रेस’ र गिल्लन एण्डरसनले ‘वेस्ट सपोर्टिङ एक्ट्रेस’को अवार्ड पोल्टामा पारे ।

अवार्डमा ‘मिनारी(यूएसए)’ले ‘वेस्ट मोसन पिक्चर(फरेन ल्याङवेज)’, ‘शिट्स क्रीक’ले ‘बेस्ट टीवी सीरीज (म्यूजिकल/कमेडी)’, केथरीन ओ हाराले ‘शिट्स क्रीक’का लागि ‘वेस्ट एक्ट्रेस’, ‘टेड लासो’का लागि जेसन सुडेकिस’ र ‘आइई केयर अ लट’का लागि रोजमुण्ड पाइकले ‘बेस्ट टीवी एक्ट्रेस’को अवार्ड चुमे ।

‘मोशन पिक्चर’को ड्रामातर्फ ‘नोमाल्याण्ड’ले ‘वेस्ट मोशन पिक्चर (ड्रामा)’, फिल्मकी निर्देशक क्लोए झाओले ‘वेस्ट डायरेक्टर (मोशन पिक्चर)’, सचना बेरोन कोहेनले ‘बोराट सब्सीक्वेन्ट मुभी फिल्म’का लागि बेस्ट एक्टर (मोशन पिक्चर– म्यूजिकल/कमेडी), यही फिल्मले ‘बेस्ट मोशन पिक्चर (म्यूजिकल/कमेडी)’को अवार्ड जित्यो ।

त्यस्तै ‘द मोरिटानियन’का लागि जोडी फोस्टरले ‘बेस्ट सपोर्टिंग एक्ट्रेस (मोशन पिक्चर), ‘द क्वीन्स गेम्बिट’ले ‘वेस्ट लिमिटेड सीरीज’, मार्क रेफेलोले ‘आई नो दिस मच इज टु’का लागि ‘बेस्ट एक्टर’, आन्या टेलरले ‘जोयद क्वीन्स गेम्बिट’का लागि ‘वेस्ट एक्ट्रेस’को अवार्ड जिते ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १ : २० बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ