‘डार्लिंग्स’मा आलियाको लगानी « Khabarhub

‘डार्लिंग्स’मा आलियाको लगानी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा अभिनेत्रीको पहिचान बनाइसकेकी आलिया भट्ट अब दर्शकमाझ निर्माताका रुपमा आउने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत होम प्रोडक्सनको पहिलो फिल्मको घोषणा गरेकी छन् ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार आलियाले पहिलो फिल्मको निर्माण शाहरुख खानसँग मिलेर गर्दैछिन् । यसको टिजर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उनको फिल्म डार्क कमेडी फ्लेभरको हुनेछ । आलियाले यसअघि शाहरुखका साथ फिल्म ‘डियर जिन्दगी’मा काम गरिसकेकी छन् ।

‘यो विशेष कुरा हो । एटरनल सनशाइन प्रोडक्सनका माध्यमबाट मेरो पहिलो निर्माण ‘डार्लिंग्स’ हुनेछ । यसमा मेरो प्रिय शाहरुखसँग सहकार्य हुनेछ ।’ उनले लेखेकी छन् ।

आलियाले फिल्ममा शेफाली शाह, विजय वर्मा र रोश मेथ्यूसँगै आलियाको पनि अभिनय रहनेछ । फिल्मको निर्देशन जसमीत के रीनले गर्नेछन् । टिजरको सुरुवातमै ‘महिलाको अपमान तपाईंको स्वास्थ्यका लागि धेरै हानिकारक हुनसक्छ’ लेखिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  २ : ०० बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ