निर्माण शुरू भएको चार वर्षसम्म अलपत्र पुल « Khabarhub

निर्माण शुरू भएको चार वर्षसम्म अलपत्र पुल


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको र लालबन्दी जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्षदेखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४/७५ बाट निर्माण शुरु भएको सो पुल निर्माण शरु भएको चार वर्ष बितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा परेको हो ।

हरिपुर नगरपालिका–८ र लालबन्दी नगरपालिका–४ को सिमानामा रहेको पाँचकुमारी खोलामा दुई खम्बा भएको पक्की पुल निर्माण शुरु गरिएको चार वर्षसम्म पनि जनप्रतिनिधिको लापरवाहीका कारण निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

हरिपुर नगरपालिकाको रु २५ लाख र लालबन्दी नगरपालकाको रु १० लाख गरी ३५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी शुरु भएको पुलको हालसम्म निर्माण उपभोक्ता समितिमार्फत नै काम भएको र विभिन्न चरणमा गरी रु २५ लाख रकम सकिसकेको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।

आव २०७४/७५ मा नगरले रु पाँच लाख, आव २०७५/७६ मा नगरले रु १० लाख लालबन्दी नगरपालिकाले रु १० लाख रकमको व्यवस्था गरेको थियो । आव २०७७/७८ मा पनि हरिपुर नगरपालिकाले रु १० लाख रकमको व्यावस्था गरेको छ ।

लालबन्दीतर्फको क्षेत्रमा पुलको माथिल्लो भौतिक संरचना निर्माण भइसकेको भए पनि मानिस अहिले पनि खोलाबाटै आवतजावत गर्न बाध्य छन् । हरिपुरतर्फको क्षेत्रमा माटो भर्ने, ढङ्गा जाली लगाउने काम बाँकी नै रहेको हरिपुर नगरपालिका–८ का वडाध्यक्ष हरिबहादुर थापाले बताए ।

उपभोक्ता समितिमार्फत निर्माण शुरु गरिएको पुलको हालसम्म तीनवटा निर्माण उपभोक्ता समिति गठन गरिसकिएको वडाध्यक्ष थापाले जानकारी दिए । वडाध्यक्ष थापाले हरिपुर नगरपालिकाका नगर प्रमुख मन्सुरले पुल निर्माण कार्यमा रकमको उचित व्यवस्था नगर्दा निर्धारित समयमा पुल निर्माण हुन नसकेको आरोप लगाए ।

नगर प्रमुख मन्सुरले निर्माण उपभोक्ता समितिमार्फत काम गर्दा गुणस्तरीय काम हुने भएका कारण आफूले निर्माण उपभोक्ता समितिमार्फत काम गर्न लगाएको बताए । उनका अनुसार पुल निर्माणको काम करीब ७० प्रतिशत सकिएको र अबको केही महिनाभित्रमा पूरै काम सम्पन्न हुने छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : ०१ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको