कंगनाविरुद्ध वारेन्ट जारी « Khabarhub

कंगनाविरुद्ध वारेन्ट जारी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेड कोर्टले अभिनेत्री कंगना रनावतविरुद्ध वारेन्ट जारी गरेको छ । बलिउडका प्रख्यात गीतकार तथा लेखक जावेद अख्तरको मानहानी मामलामा सुनुवाई गर्दै कोर्टले वारेन्ट जारी गरेको हो ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार गत वर्ष जावेदले कंगनाविरुद्ध मानहानीको निवेदन दर्ता गराएका थिए । कंगनाले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको सन्दर्भमा एक अन्तरवार्तामा बलिउडमा कथित रुपमा गुटबन्दीको चर्चा गर्दै जावेद अख्तरको नाम घुसाएर अपमानजनक टिप्पणी गरेकी थिइन ।

जावेदले कंगनाको यही आरोपविरुद्ध मानहानीको मुद्धा दर्ता गराएका थिए । सोमबारमात्र कोर्टले गीतकारको मामलामा सुनुवाई गरेको हो ।

यसअघि कोर्टले यो मामलाको सुनुवाई फेब्रुअरी १ मा गरेको थियो । त्यो समयमा कंगनालाई कोर्टमा उपस्थित हुन आदेश दिइएको थियो । तर उनी कोर्टमा आइनन् ।

यसपछि कोर्टले यो मामलाको सुनुवाईका लागि मार्च १ को तारिख दिएको थियो र कंगनालाई पुनः कोर्टमा उपस्थित हुन आदेश दिएको थियो । तर यसपटक पनि कंगना कोर्टमा पुगिनन् । कोर्टमा उपस्थित हुन असमर्थता जनाएपछि कंगनाविरुद्ध कोर्टले वारेन्ट जारी गरेको हो ।

सोमबार यो मामलामा सुनुवाई भइरहँदा जावेद समयमा नै कोर्टमा पुगेका थिए । उनका वकिल वृंदा ग्रोवरले बहस गरेका थिए । तर कंगनासँगै उनका वकिल कोर्टमा पुगेनन् ।

कंगनाको जुनियर वकिलले कंगनाको तर्फबाट उनका सिनियर वकिल दिउँसो आउने बताएका थिए ।

कंगनाका वकिलले भने कंगनाविरुद्ध जारी भएपछि त्यो वारेन्टविरुद्ध उच्च न्यायालय जाने बताएका छन् । यो मामलामा आगामी सुनुवाई २६ मार्चमा हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : १० बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ