काठमाडौँको ‘स्मार्ट सिटी’ तीव्रताका साथ अगाडि बढाउन मन्त्री साहको निर्देशन « Khabarhub

काठमाडौँको ‘स्मार्ट सिटी’ तीव्रताका साथ अगाडि बढाउन मन्त्री साहको निर्देशन


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटीको निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयमा नयाँ स्मार्ट सिटी निर्माणको प्रगतिका बारेमा काठमाडौं उपत्यका बिकास प्राधिकरणसंग छलफल गर्दे मन्त्री साहले नयाँ स्मार्ट सिटी निर्माणलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटी तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

यसअघिका आयोजना समयमा नै निर्माण हुन नसक्दा जनतामा निराशा छाएको भन्दै उहाले अधिकतम रुपमा जनताको सहभागिता गराउनुपर्ने उल्लेख गरे ।

नयाँ नगरले काठमाडौं उपत्यकाको स्वरुप बदलिने र भद्रगोल शहरीकरणलाई व्यवस्थीत शहरीकरण गर्न पनि योजना महत्वपूर्ण हुने उनले बताए । त्यस्तै मन्त्री साहले उपत्यकाबाहिर पनि १० वटा नयाँ शहर निर्माणमा सरकार अघि बढेको जानकारी दिए ।

काठमाडौंमा बन्न लाागेको नयाँ शहरलाई स्मार्ट शहरका रुपमा व्याख्या गर्ने गरिएको छ । नयाँ शहरलाई ‘इशान काठमाडौं’, ‘आग्नेय काठमाडौं’, र उत्तर काठमाडौं नाम दिइएको छ । स्मार्ट सिटी ४ देखि ६ बर्षसम्ममाा सम्पन्न गर्ने प्राधिकरणले जनाएको छ । नयाँ शहरमा पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : २५ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल