फुटबलबाट पछि हटे कलाकार « Khabarhub

फुटबलबाट पछि हटे कलाकार


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– लकडाउन खुकुलो भएपछि फुटबलमा रमाउन थालेका बलिउडका कलाकारहरुले केही समयका लागि खेल गतिविधिलाई रोक्ने भएका छन् ।

अभिषेक बच्चन, रणवीर कपूर, टाइगर श्राफ, आदित्य रोय कपूर र कार्तिक आर्यन जस्ता कलाकारले महाराष्ट्रमा पुनः बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर राख्दै खेल गतिविधिलाई केही समयलाई स्थगित गरेका हुन् ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार निर्माता बन्टी बालिया कलाकारका लागि प्राक्टिस म्याचको आयोजना गर्ने तयारीमा थिए ।

तर गत शुक्रबार उनी यो निर्णयबाट पछि हटेका छन् । उनले सबै कलाकारलाई वाट्सएप र एसएमएसका माध्यमबाट खेल नहुने सूचना दिएका छन् ।

कलाकारहरुले पनि बालियाको निर्णयको स्वागत गरेका छन् । बालियाले तीन साताका लागि खेलकुद गतिविधि रोक्ने निर्णय लिएका हुन् । त्यसपछि भने अवस्था हेरेर निर्णय लिने उनले बताएका छन् । ‘३०–३५ दिन पछि मात्र हामी अवस्थाको पुनर्विचार गरेर नयाँ निर्णय लिनेछौं’, वालियाले भनेका छन् ।

बितेको १५ दिन यता महाराष्ट्रमा कोरोनाको ३६ हजार नयाँ सक्रिय बिरामी बढेका छन् । यहाँ ७२ हजार संक्रमितको उपचार भइरहेको छ । यो संख्या अन्य राज्यको तुलनामा अधिक हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : ०२ बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ