सातदोबाटोले अपराजित यात्रा कायम राख्दा आरसिटीको साँघुरो जीत « Khabarhub

सातदोबाटोले अपराजित यात्रा कायम राख्दा आरसिटीको साँघुरो जीत


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले साँघुरो जीत निकाल्दै अपराजित यात्रा कायमै राखेको छ ।

सोमबार भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोलाई जीत दिलाउन दोर्जे तामाङले निर्णायक गोल गरे । खेलको २५ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गोल गरेका हुन् ।

श्री भगवतीका खेलाडीले पेनाल्टी क्षेत्रमा ह्याण्ड गरेपछि सातदोबाटोले पेनाल्टी पाएको थियो । यो जीतसँगै सातदोबाटोले शीर्ष डिभिजनमा उक्लने मौकासमेत बलियो बनाएको छ ।

जीतपछि सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ । श्री भगवती ८ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

तस्वीर: आरसीटीको टिम/एन्फा

सोमबारै भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटीले टुसाल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको गर्‍यो ।

आरसिटीलाई जित दिलाउन अजित गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा अजितले निर्णायक गोल गरेका हुन् ।

जितसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ । आरसिटीले ८ खेलमा १२ अंक जोडेको छ ।

टुसाल ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : २४ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको