पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने « Khabarhub

पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इसाई धर्मगुरु पोप फ्रान्सिसले यही शुक्रबार मुस्लिम राष्ट्र इराकको भ्रमण गर्ने भएका छन् ।

कुनै पनि पोपले इराकको भ्रमण गरेको वर्षौंपछि यो पहिलो पटक हो । इराकमा उनले इराकी शिते मुस्लिमका धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग एकल वार्ता (वान–अन–वान) गर्नेछन् ।

कोरोनाभाइरस महामारी, हिंसा र कमजोर सरकारी सेवाका कारण निकै दबाबमा रहेको इराकी सरकारका पदाधिकारीसँग पनि उनले भेटवार्ता गर्नेछन् ।

युद्धको चपेटामा परेको इराकमा इसाई समुदायको जनसंख्या सन् २००३ मा १५ लाख रहेकामा हाल करिब चार लाख मात्र रहेका छन् ।

तीन दिने यस भ्रमणका क्रममा पोप फ्रान्सिसको कोरोनाभाइरस महामारी फैलिन थालेयता पहिलो हो । बग्दाददेखि शिते धर्मगुरु बस्नुहुने नजाफ शहरसम्मको मार्गमा पोपलाई स्वागत गर्न तुल, ब्यानर राखिएका छन् ।

इराकमा इसाई समुदायको बसोबासको विश्वमै सबैभन्दा पुरानो इतिहास छ । यहाँका इसाईहरु आधाजति क्याथोलिक र बाँकी आर्मेनियाली अर्थोडक्स, प्रोटेस्टेन्ट र अन्य रहेका छन् ।

यसअघि पोल जोन पल द्वितीयले सन् २००० मा इराक भ्रमण गर्ने योजना बताएका थिए तर तत्कालीन राष्ट्रपति सद्दाम हुसेनले उनको भ्रमण रद्द गरिदिएका थिए । उनले पोप बन्नु भएका बेनेडिक्ट सोह्रौंले बग्दाद भ्रमणको प्रयास गरेका थिए ।

सन् २०१३ मा निर्वाचित भएपछि फ्रान्सिसले इराक भ्रमण गर्ने योजना अघि सारेका थिए ।

सन् २०१९ राष्ट्रपति बरहाम सालेहले औपचारिक रुपमै पोप फ्रान्सिसलाई इराक भ्रमणको निम्तो दिएका छन् । वर्षौंदेखि युद्धमा होमिएको मुलुकमा शान्तिको सन्देश फैल्याउन पनि पोपको भ्रमणले मद्दत गर्ने राष्ट्रपति सालेहको विश्वास छ ।

अन्तर–धार्मिक सम्बन्ध सुदृढीकरणमा विश्वास राख्ने पोपले यसअघि टर्की, मोरक्को र युनाईटेड अरब इमिरेट्स समेतका मुस्लिम मुलुकहरुको भ्रमण गरिसकेका छन् ।

–एएफपी

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ३० बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको