मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ: राष्ट्रपति « Khabarhub

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छ: राष्ट्रपति


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताएकी छिन् ।

सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह, २०७६’ कार्यक्रममा उनले नेपाली कला संस्कृति विश्वमै धनी भएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले विविधतायुक्त संस्कृतिकै कारण नेपाल विश्वभर चिनिएको उल्लेख गर्दै पूराना स्रष्टाको सिर्जना जगेर्ना गर्नु आजको आवश्यकता हो भनिन् ।

उनले नातिकाजी नेपाली साङ्गीतिक क्षेत्रको उज्ज्वल नक्षत्र भएको र उनको विशिष्ट पहिचान भएको बताइन् ।

“रेडियो नेपालको स्थापनासँगै नातिकाजी उदाउनुभएको हो”, उनले भनिन्, “नातिकाजीद्वारा सिर्जित राष्ट्रिय भावका गीतको जगेर्ना गर्नु अति आवश्यक छ ।”

राष्ट्रपति भण्डारीले नातिकाजीको सिर्जनाले कर्मक्षेत्रमा लागिरहन थप प्रेरणा मिल्ने छ भनिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले विभिन्न स्रष्टाहरुलाई दोस्सला ओढाएर कदरपत्र तथा नगदद्वारा सम्मान गरिन् । नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, २०७६ बाट सम्मानित हुनेमा वरिष्ठ गीतकारद्वय बालकृष्ण सजिव र चुडामणि देवकोटा, वरिष्ठ तवलावादक राजु अग्रवाल, वरिष्ठ सङ्गीतकार सुनिल मास्के, राजु सिंह, मदनसिंह नेपाली, मनोहर सुनाम, प्राज्ञ शान्तिराम राई र महेश खड्का छन् ।

त्यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा गायिका प्राश्ना शाक्य, गायक एंव सङ्गीतकार चेतन सापकोटा, गीतकार दयाराम पाण्डे तथा गायक एंव सङ्गीतकार सुगम पोख्रेल छन् ।

यसैगरी नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा गायिका मेलिना राई, सङ्गीतकार एंव गीतकार बसन्त सापकोटा, गायक सुरजकुमार थापा तथा गीतकार हर्क साउद छन् ।

त्यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कारबाट सङ्गीतकार, सङ्गीत संयोजक तथा वाद्यवादक जीवित जल्मी, नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट विदुर गिरी र श्याम स्मृत, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कारबाट शास्त्रीय सङ्गीत साधक विकास नाथ योगी, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कारबाट लोक गायक बद्री पँगेनी र नातिकाजी राष्ट्रिय सम्मान पुरस्कारबाट नवराज केसी र जारा प्रसाइ सम्मानित भएका छन् ।

यसैगरी नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७६ बाट नोर्वु छिरिङ लामा सम्मानित भएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : १५ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको