एक प्रेरक प्रसङ्ग ‘अपेक्षा’ | Khabarhub Khabarhub

एक प्रेरक प्रसङ्ग ‘अपेक्षा’


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मूल बाटोको चौतारीमा एक साधु प्रभु कीर्तनमा मग्न थिए । नजिकबाट राजाको सवारी निस्कियो । साधुले राजाको सवारीप्रति कुनै चासो देखाएनन् ।

राजाले साधुको त्यस्तो उपेक्षालाई आफ्नो घोर अपमान ठाने । उनले क्रोध प्रकट गरे— यी हरितन्नम् मागी खाने जोगीले आफूलाई के ठानेका ? यिनमा साधारण शिष्टाचार पनि छैन ।

राजालाई क्रोधित देखेपछि मन्त्री साधुको नजिक पुगेर भने— हामीले मान्यौँ तपाईं ठूलो भक्त हुनुहुन्छ । तर त्यो भन्दैमा देशका सर्वेसर्वा राजा आफ्नो अगाडिबाट गएको देख्दा पनि नमस्कारसम्म नगर्नु त हदै भयो ।

भक्तले मन्त्रीलाई भने— आफ्नो राजालाई भनिदेऊ, त्यो व्यक्तिबाट मात्रै उनले नमस्कारको आशा गरुन् जुन व्यक्तिलाई राजासँग पनि केही पाउने आशा छ ।

मेरो आवश्यकता परमात्माले पुर्‍याइराखेका छ । मलाई तिम्रो राजासँग केही लिनुदिनु छैन । उनलाई यो पनि भनिदेऊ कि परमात्माले उनलाई लोकहित, प्रजाको सेवा र सुरक्षाका लागि खटाएको हो । प्रजालाई राजाको सेवा र अभिवादन गर्न खटाएको हुँदैन ।

जनताको मन जिते सबैले राजालाई इज्जत दिइहाल्छन् । उनले त मेरो कुशल क्षेम र सुरक्षाको बारेमा पो जिज्ञासा गर्नुपर्ने हो, मबाट उल्टै अभिवादनको आशा गर्नु त अति भो ।’

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ५ : २२ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’