— ताजा कागतीको रसलाई चिसो मिश्री पानीसँग मिलाई पिएमा शरीरमा स्फूर्ती दिलाउनुको साथै दिमागलाई पनि शान्त राख्ने काम गर्दछ ।
— मनतातो पानीसँग थोरै नुन राखेर खाँदा शरीरलाई तातोको साथै रुघाखोकीलाई पनि ठीक गर्दछ ।
—बेसार र नुनपानीमा कागतीको रस मिलाई पिउनाले गर्मीको रुघाखोकीमा लाभ दिन्छ ।
—यसको दैनिक प्रयोगले भोक जगाउँछ, खानालाई पचाउनुको साथै रगतलाई शुद्ध राख्छ । यसले छालाका सम्पूर्ण रोगहरु पनि ठीक गर्दछ ।
— एक लिटर मनतातो पानीमा १०/१५ थोपा कागतीको रस राखी बिहान खाली पेटमा पिउनाले मोटोपन एवम् कोलेस्ट्रोल बढ्ने जस्ता रोगलाई समाधान गर्दछ ।
साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट
प्रतिक्रिया