बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज, दिगो विकासका एजेन्डामा छलफल हुने « Khabarhub

बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज, दिगो विकासका एजेन्डामा छलफल हुने


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दैछ ।

श्रीलङ्काले आयोजना गरेको भर्चुअल मन्त्रीस्तरीय बैठक अपराह्न ३ बजे शुरू हुनेछ ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नेछन् ।

बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।

यस्तै बहुआयामिक सम्पर्क सञ्जालमार्फत एकीकृत समृद्धि प्राप्तिका लागि आगामी दिनमा गर्नुपर्ने कामको ठोस योजना पनि यो बैठकले तय गर्ने जनाइएको छ ।

यसअघि बुधबार भर्चुअलरूपमा सचिवस्तरीय बैठक बसेको थियो । बैठकले आज भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तु तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिमस्टेक सदस्य राष्ट्रका उच्चाधिकारीको सहभागिता रहेको बैठकमा बोल्दै परराष्ट्र सचिव भरत पौड्यालले सन् २०१८ को अगस्टमा नेपालमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा भएका निर्णय र त्यसपश्चात् भएका अन्य उच्चस्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन सफलताको बाटो उन्मुख रहेको बताएका थिए ।

बैठकमा सम्पर्क सञ्जालको गठन, बिमस्टेक सचिवालयका लागि सन् २०२० को आर्थिक बजेट तथा सन् २०२१ का लागि अनुमानित बजेटका विषयबारे छलफल गरेको थियो ।

सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बङ्गाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो । यस क्षेत्रमा शिक्षामा सबै जनताको पहुँच पुर्‍याउने, भौगोलिक आबद्धतालाई बलियो बनाउने, प्राकृतिक र मानवीय स्रोत साधनको आदानप्रदान तथा बहुसांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बढावा दिँदै विकास र समृद्धिमा रुपान्तरण गर्ने विषयमा साझा अवधारणा प्रस्तुत गरिएको थियो ।

नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । बिमस्टेकका १४ वटा प्राथमिकताका कार्य क्षेत्र रहेका छन् । जसमा व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपत् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जन सम्पर्क सञ्जाल, गरिबी निवारण, आतङ्कवाद र सङ्गठित अपराधविरुद्धका कार्य तथा जलवायु परिवर्तन रहेका छन् ।

बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ७ : २० बजे

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद