धमाधम किताब छाप्दै जनक शिक्षा « Khabarhub

धमाधम किताब छाप्दै जनक शिक्षा


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— हरेक वर्ष स्कुलका किताब समयमै छपाइ गरेर पुर्‍याउन नसकेको भन्ने आलोचना खेप्ने गरेको जनक शिक्षा सामगी केन्द्रले आगामी शैक्षिक सत्रमा भने समयमै विद्यालयमा किताब पुर्‍याउने तयारी गरेको छ ।

केन्द्रले विद्यालय तहका कक्षा ४ देखि कक्षा १२ सम्मका किताब छाप्छ । आगामी शैक्षिक सत्रका लागि कुल १ करोड ८४ लाख थान किताब छाप्नुपर्नेमा हालसम्म एक करोड ५५ लाख थान छापिसकेको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता चित्र आचार्यका अनुसार किताब छपाइको काम सकेर आगामी वैशाख मसान्तभित्र केन्द्रका सबै प्रादेशिक कार्यालयहरूमा पठाउने तयारी भएको छ । उनले हालसम्म छपाइ भएका मध्ये ८० प्रतिशत किताब केन्द्रका प्रादेशिक कार्यालयहरूमा पठाइसकेको बताए । बाँकी किताब पनि पठाउने तयारी भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण चालु शैक्षिक सत्र जेठसम्म लम्बिएको छ । असारमा मात्रै नयाँ शैक्षिक सत्र शुरू हुने भएकाले किताब छपाइ गर्न र ढुवानी गराउन केन्द्रलाई सहज भएको छ ।

उच्च हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र फागुनमा शुरू भएर मंसिरमा सकिने गरेकोमा आगामी शैक्षिक सत्र देशभर एकै पटक सुरु हुने भएको छ ।

सरकारले कक्षा १ देखि कक्षा ३ सम्मको किताब छपाइको जिम्मा निजी प्रकाशनहरूलाई दिएको छ ।

कक्षा ६ को छपाइमा ढिलाइ

केन्द्रले अन्य कक्षाका किताब धमाधम छपाइ गरिरहेको भए पनि कक्षा ६ को किताब छाप्न भने ढिलाइ भएको छ ।

प्रवक्ता आचार्यका अनुसार आगमी वर्षदेखि कक्षा ६ मा नयाँ पाठ्यक्रम लागु हुने भएकाले किताब छपाइमा ढिलाइ भएको हो । उनले भने, ‘पाठ्यक्रम विकास केन्द्रबाट नै कक्षा ६ को नयाँ पाठ्यसामग्री नआएकाले छपाइमा ढिलाइ भएको हो ।’

कक्षा ६ को समेत गरेर करिब ३० लाख किताब छाप्न बाँकी रहेको उनले बताए । अबको केही दिनमा बाँकी किताब पनि छापिसक्ने उनको भनाइ छ । उनका अनुसार कक्षा ६ को पनि अंग्रेजी र गणित विषयका किताबको छपाइ भइसकेको छ । ।

पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ६ का अन्य विषयको पाठ्यसामग्री आउन बाँकी रहेको र आउनासाथ छपाइ शुरू हुने उनले बताए ।

दुर्गम क्षेत्रमा समयमा किताब नपुगेको भन्ने गुनासो हरेक वर्ष हुने गरेको छ । छपाइ र ढुवानीमा ढिलो हुँदा कतिपय विद्यालयमा शैक्षिक सत्र आधा बितिसक्दा पनि पुस्तक नपुग्ने समस्या छ । आगामी शैक्षिक सत्रमा त्यस्तो समस्या नहुने प्रवक्ता आचार्यको भनाइ छ ।

सरकारले कक्षा १ देखि कक्षा १० सम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई पुस्तक निःशुल्क वितरण गर्छ । छपाइको जिम्मा जनक शिक्षा समाग्री केन्द्रको हो ।

 

 

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : ०५ बजे

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी