धमाधम किताब छाप्दै जनक शिक्षा | Khabarhub Khabarhub

धमाधम किताब छाप्दै जनक शिक्षा


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— हरेक वर्ष स्कुलका किताब समयमै छपाइ गरेर पुर्‍याउन नसकेको भन्ने आलोचना खेप्ने गरेको जनक शिक्षा सामगी केन्द्रले आगामी शैक्षिक सत्रमा भने समयमै विद्यालयमा किताब पुर्‍याउने तयारी गरेको छ ।

केन्द्रले विद्यालय तहका कक्षा ४ देखि कक्षा १२ सम्मका किताब छाप्छ । आगामी शैक्षिक सत्रका लागि कुल १ करोड ८४ लाख थान किताब छाप्नुपर्नेमा हालसम्म एक करोड ५५ लाख थान छापिसकेको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता चित्र आचार्यका अनुसार किताब छपाइको काम सकेर आगामी वैशाख मसान्तभित्र केन्द्रका सबै प्रादेशिक कार्यालयहरूमा पठाउने तयारी भएको छ । उनले हालसम्म छपाइ भएका मध्ये ८० प्रतिशत किताब केन्द्रका प्रादेशिक कार्यालयहरूमा पठाइसकेको बताए । बाँकी किताब पनि पठाउने तयारी भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण चालु शैक्षिक सत्र जेठसम्म लम्बिएको छ । असारमा मात्रै नयाँ शैक्षिक सत्र शुरू हुने भएकाले किताब छपाइ गर्न र ढुवानी गराउन केन्द्रलाई सहज भएको छ ।

उच्च हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र फागुनमा शुरू भएर मंसिरमा सकिने गरेकोमा आगामी शैक्षिक सत्र देशभर एकै पटक सुरु हुने भएको छ ।

सरकारले कक्षा १ देखि कक्षा ३ सम्मको किताब छपाइको जिम्मा निजी प्रकाशनहरूलाई दिएको छ ।

कक्षा ६ को छपाइमा ढिलाइ

केन्द्रले अन्य कक्षाका किताब धमाधम छपाइ गरिरहेको भए पनि कक्षा ६ को किताब छाप्न भने ढिलाइ भएको छ ।

प्रवक्ता आचार्यका अनुसार आगमी वर्षदेखि कक्षा ६ मा नयाँ पाठ्यक्रम लागु हुने भएकाले किताब छपाइमा ढिलाइ भएको हो । उनले भने, ‘पाठ्यक्रम विकास केन्द्रबाट नै कक्षा ६ को नयाँ पाठ्यसामग्री नआएकाले छपाइमा ढिलाइ भएको हो ।’

कक्षा ६ को समेत गरेर करिब ३० लाख किताब छाप्न बाँकी रहेको उनले बताए । अबको केही दिनमा बाँकी किताब पनि छापिसक्ने उनको भनाइ छ । उनका अनुसार कक्षा ६ को पनि अंग्रेजी र गणित विषयका किताबको छपाइ भइसकेको छ । ।

पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ६ का अन्य विषयको पाठ्यसामग्री आउन बाँकी रहेको र आउनासाथ छपाइ शुरू हुने उनले बताए ।

दुर्गम क्षेत्रमा समयमा किताब नपुगेको भन्ने गुनासो हरेक वर्ष हुने गरेको छ । छपाइ र ढुवानीमा ढिलो हुँदा कतिपय विद्यालयमा शैक्षिक सत्र आधा बितिसक्दा पनि पुस्तक नपुग्ने समस्या छ । आगामी शैक्षिक सत्रमा त्यस्तो समस्या नहुने प्रवक्ता आचार्यको भनाइ छ ।

सरकारले कक्षा १ देखि कक्षा १० सम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई पुस्तक निःशुल्क वितरण गर्छ । छपाइको जिम्मा जनक शिक्षा समाग्री केन्द्रको हो ।

 

 

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : ०५ बजे

अरूण तेस्रो हेर्न जाँदै भारतीय ऊर्जामन्त्री, एकैदिन तीन सब-स्टेशन र एउटा प्रसारण लाइन उद्घाटन गरिँदै

काठमाडौं- मंगलबार मात्रै आइपुगेका भारतका विद्युत्, आवास तथा शहरी मामिला

जै घाँस लगाउने किसानलाई पोखरा महानगरको प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जै घाँस लगाउने किसानलाई सहयोग

शिक्षक आन्दोलनले सडक अस्तव्यस्त

काठमाडौं– विभिन्न माग राख्दै नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनका

रविको बन्दीप्रत्यक्षीकरण रिटको छिनोफानो संयुक्त इजलासले गर्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा

बेलौरीमा जलेको अवस्थामा एक जनाको शव भेटियो

कञ्चनपुर– बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज