आफ्नै डकुमेन्ट्री हेर्दा ब्रिटनीको रुवाबासी « Khabarhub

आफ्नै डकुमेन्ट्री हेर्दा ब्रिटनीको रुवाबासी


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– प्रख्यात गायिका ब्रिटनी स्पेयर्स जहिल्यै आफ्नो गीत र निजी जीवनलाई लिएर चर्चामा आइरहन्छिन् ।

गत वर्ष उनी डिप्रेसनमा थिइन् । अब उनले आफ्नो जीवनमाथि बनेको डकुमेन्ट्री ‘फ्रेमिङ ब्रिटनी स्पेयर्स’लाई लिएर एक नयाँ कुराको खुलासा गरेकी छन् । उनका अनुसार यो डकुमेन्ट्री हेर्दा ब्रिटनी दुई सातासम्म रोएकी थिइन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार यो डकुमेन्ट्री हेरेपछि ब्रिटनीलाई यति प्रेम मिल्यो कि त्यो प्रेमले उनको आँशु थाम्न सकेन । ३९ वर्षीया पप आइकन स्पेयर्सको यो डकुमेन्ट्री यसै वर्षको फेब्रुअरी सुरुवातमा रिलिज भएको थियो ।

यो डकुमेन्ट्रीमा उनको जीव्न र करियरसँग जोडिएका विभिन्न घटनालाई समेटिएको छ । जसमा निकै चर्चामा रहेको उनको भिडियो र मेलोडाउन पनि संलग्न गरिएको छ । डकुमेन्ट्रीमा उनको जीवनमा असर पारेका घटनाहरुको फुटेज पनि राखिएको छ ।

उनले इन्स्टाग्रामको पोस्टमा आफ्नो बारेको डकुमेन्ट्री हेर्दा आफूले आँशु थाम्न नसकेको उल्लेख गरेकी छन् । ‘यो नै मेरो जीवनको सबैभन्दा सुखद क्षण रह्यो’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ९ : ५९ बजे

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले