घरेलु हिंसा भोग्ने यी अभिनेत्री | Khabarhub Khabarhub

घरेलु हिंसा भोग्ने यी अभिनेत्री


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा महिला केन्द्रीत फिल्म बन्ने संख्या निकै छ । त्यही बलिउडमा महिला माथि हिंसा हुने खबर पनि आइरहन्छ । बलिउडमा कैयौं अभिनेत्रीहरु आफ्नो पति वा प्रेमीबाट पीडित बनेका छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार अभिनेत्री श्वेता तिवारीले वैवाहिक जीवनमा घरेलु हिंसाको शिकार भइसकेकी छन् । हालैमात्र उनले आफ्नो सन्तानमा असफल विवाहले पारेको प्रभावका विषयमा खुलेर कुरा गरेकी छन् ।

श्वेताले सन् २००७ मा पहिलो पति राजा चौधरीसँग सम्बन्धविच्छेद गरेकी थिइन् । त्यसपछि उनले अभिनाव कोहलीसँग दोस्रो विवाह गरिन् । दुई वर्ष अघि अभिनेत्रीले अभिनवका विरुद्ध आफूमाथि हात उठाएको आरोप लगाइन् । उनले पहिलो पति राजाका विरुद्ध पनि घरेलु् हिंसाको आरोप लगाएकी थिइन् ।

बलिउड अभिनेत्री कंगना रनावत करियरको सुरुवाती समयदेखि अभिनेता आदित्य पञ्चोलीका साथ लिभ इन रिलेसनमा थिइन् । उनले एक टेलिभिजन अन्तरवार्तामा आदित्यसँगको आफ्नो सम्बन्धका बारे खुलाएकी थिइन् ।

‘म मुम्बईमा नयाँ थिए । अठार वर्षको पनि थिइन् । एक होस्टलमा बस्थें । तब आदित्यले मलाई एक फ्ल्याट दिएका थिए । तर उनले त्यहाँ मलाई घरेलु बन्दी बनाएका थिए । मैले यो विषयमा उनकी पत्नीसँग कुरा गरें, तर उनले मेरो मद्दत गर्न अस्वीकार गरिन् । म निकै अप्ठ्यारो अवस्थामा कुदेर घर बाहिर निस्कएँ । त्यसपछि मलाई अनुराग बासु र उनकी श्रीमतिले सहयोग गरिन् । अनुरागले मलाई १५ दिनसम्म उनको अफिसमा लुकाएर राखे’, उनले भनेकी छन् ।

पूर्व मोडल र सन् १९९९ की ‘मिस वल्र्ड’ अभिनेत्री युक्ता मुखीले व्यापारी प्रिन्स तुलीसँग सन् २००८ मा विवाह गरिन् । सन् २०१३ मा प्रिन्सविरुद्ध दाइजो उत्पीडनका मामलामा मुद्धा दर्ता गराइन् ।

प्रिन्सले युक्तामाथि शारीरिक र मानसिक शोषण गरेका थिए । दुवैको सन् २०१४ मा सम्बन्धविच्छेद भयो ।

‘बिग बोस १३’को प्रतिष्पर्धी र ‘नच बलिए ४’की विजेता दलजीत कौरले पति शालीन भानोटविरुद्ध प्रताडिन गरेको र कुटपिट गरेको मामलामा मुद्धा दर्ता गराएकी थिइन् ।

विवाहको ६ वर्षपछि दलजीतले दाइजोको माग गरेको विषयमा मुद्धा दर्ता गराइन् । अहिले दिलजीत पति शालीनसँग अलग्गिएर छोरा जोर्डनका साथ एक्लै जीवन बिताइरहेकी छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : ३५ बजे

मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप

उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी– रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय संकट अन्त्य

एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारिसाधन बाहिरिन पाउने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात