महोत्तरीबाट भारत पुगेका किशोरीलाई परिवारजनको जिम्मा लगाइयो « Khabarhub

महोत्तरीबाट भारत पुगेका किशोरीलाई परिवारजनको जिम्मा लगाइयो


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- भारत बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।

महोत्तरी प्रहरीले बुधबार राति साढे १० बजे जलेश्वर ल्याएर उनीहरुलाई परिवारजनको जिम्मा लगाएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

बुधबार बिहान सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । उनीहरुलाई प्रक्रिया पूरा गरी भारतीय प्रहरीले नेपाल प्रहरीलाई राति साढे ९ बजे जिम्मा लगाएको थियो । त्यसपछि उनीहरुलाई परिवारलाई जिम्मा लगाउने सहमति भएको थियो।

यद्यपी दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा तथा थप सोधपुछको लागि बालिकाहरूलाई राति राखेर आज बिहीबार परिवारजनसँग घर पठाइएको छ ।

भँगाहा नगरपालिका ८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान मंगलबार दिउँसो घाँस लिन गएको बेलादेखि बेपत्ता भएकी थिइन् ।

सीतामढी प्रहरीले उद्धार गरेपछि किशोरीहरुले आफुहरु गायिका बन्न हिडेको बयान दिएका थिए । यसले उनीहरुलाई बाहिर लग्नमा कसैको संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ । मंगलबार अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए ।

उनीहरुको खोजतलासमा नगरप्रमुख सञ्जीव साहसहित जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा लागेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १२ : ४३ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था