महोत्तरीबाट भारत पुगेका किशोरीलाई परिवारजनको जिम्मा लगाइयो « Khabarhub

महोत्तरीबाट भारत पुगेका किशोरीलाई परिवारजनको जिम्मा लगाइयो


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- भारत बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।

महोत्तरी प्रहरीले बुधबार राति साढे १० बजे जलेश्वर ल्याएर उनीहरुलाई परिवारजनको जिम्मा लगाएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

बुधबार बिहान सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । उनीहरुलाई प्रक्रिया पूरा गरी भारतीय प्रहरीले नेपाल प्रहरीलाई राति साढे ९ बजे जिम्मा लगाएको थियो । त्यसपछि उनीहरुलाई परिवारलाई जिम्मा लगाउने सहमति भएको थियो।

यद्यपी दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा तथा थप सोधपुछको लागि बालिकाहरूलाई राति राखेर आज बिहीबार परिवारजनसँग घर पठाइएको छ ।

भँगाहा नगरपालिका ८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान मंगलबार दिउँसो घाँस लिन गएको बेलादेखि बेपत्ता भएकी थिइन् ।

सीतामढी प्रहरीले उद्धार गरेपछि किशोरीहरुले आफुहरु गायिका बन्न हिडेको बयान दिएका थिए । यसले उनीहरुलाई बाहिर लग्नमा कसैको संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ । मंगलबार अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए ।

उनीहरुको खोजतलासमा नगरप्रमुख सञ्जीव साहसहित जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा लागेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १२ : ४३ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक