रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ « Khabarhub

रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ प्रदान गरिने भएको छ । भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले बिहीबार यो अवार्डको घोषणा गरेका हुन् ।

‘हामीलाई खुशी लाग्छ कि देशका सबै स्थानबाट फिल्मकर्मी, अभिनेता, अभिनेत्री, गायक र संगीतकार सबैलाई समय–समयमा दादा साहब फाल्के अवार्ड मिलिरहेको छ । यो वर्षको दादा साहब फाल्के अवार्ड महान अभिनेता रजनीकान्तलाई दिने घोषणा गरिरहँदा मलाई धेरै खुशी लागेको छ’, उनले भनेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार रजनीकान्तले विगत ५ दशकयता फिल्ममा राज गरिरहेका छन् । यहीकारण आशा भोसले, मोहनलाल, विश्वजीत चटर्जी, शंकर महादेवन र सुभाष घई सम्मिलित निर्णायक मण्डलले उनलाई अवार्ड दिने घिर्णय गरेको हो ।

रजनीकान्तले ट्वीटमार्फत भारत सरकारलाई धन्यवाद दिएका छन् । रजनीकान्त अभिनित ‘दरबार’, ‘२.०’, ‘द रोबोट’, ‘त्यागी’, ‘चालबाज’, ‘अन्धा कानून’, ‘कबाली’, ‘खुनका कर्ज’लगायतका फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  २ : ४५ बजे

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका