सूचना प्रविधिका क्षेत्रमा भएका प्रगतिबारे सुझाव संकलन गर्दै मन्त्रालय (भिडियोसहित) | Khabarhub Khabarhub

सूचना प्रविधिका क्षेत्रमा भएका प्रगतिबारे सुझाव संकलन गर्दै मन्त्रालय (भिडियोसहित)


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मन्त्रालयद्धारा आज काठमाडौँमा आयोजित ‘दूरसञ्चार सेवाको पहुँच प्रवाह तथा गुणस्तर’ विषयक अन्तरक्रियामा उनले भने, “सूचना र प्रविधिमा सबैको पहुँच विस्तार गर्नका लागि सूचना प्रदायक निकाय र जनप्रतिनिधिसँग छलफल गरी आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनेछ ।”

हेरौँ भिडियो

मन्त्री गुरुङले सातै प्रदेशमा सूचना र प्रविधिको विस्तार र विकासमा भएका पहलको समीक्षा गरी नयाँ योजना तयार गरिने जानकारी दिए ।

कार्यक्रममा सूचना र प्रविधिको विकास र विस्तारमा प्रदेश नं १ मा भएका प्रयासको समीक्षा गर्दै सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रबाट निर्वाचित सांसदको सुझाव सङ्कलनसमेत गरिएको छ ।

मन्त्रालयले शुक्रबारदेखि सातै प्रदेशमा सूचना प्रविधिका क्षेत्रमा भएका प्रगतिको समीक्षा गरी सुझाव सङ्कलन गर्ने भएको छ ।


सो अवसरमा प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुले नेपाल टेलिकमले इन्टरनेट र मोबाइल नेटवर्कमा आउने समस्या समाधन गर्नुपर्ने सुझाव दिए ।

सांसद डा विजय सुब्बाले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार गरी आम नागरिकको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिए । अर्का सांसद यज्ञराज सुनुवारले प्रदेश नं १ को पहाडी जिल्लामा अझै सञ्चारको पहुँच पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा दूरसञ्चारसम्बन्धी रणनीति बनाउने तयारी गरेको जानकारी दिए ।

दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विगत तीन वर्षयता इन्टरनेट विस्तारको काम द्रूतगतिमा अघि बढाइएको जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ सम्ममा थप नौ लाख सेवाग्राहीको घरमा इन्टरनेट सेवा विस्तार गरिने उनको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार सेवा कोष प्रयोग गरी सूचना महामार्ग निर्माणमा अप्टिकल फाइवर बिछ्याउने काम भइरहेको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : ०१ बजे

कराँचीमा भवन भत्किँदा १२ जनाको मृत्यु

कराँची– पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२

कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय

काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ

एमाले बाहेकका पाँच कम्युनिष्ट घटकको संयुक्त बैठक, इजरायलविरुद्ध अभियान चलाउने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) लगाएका दलहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि

‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक

पाँच कम्युनिष्ट पार्टी एकै ठाउँ, राजनीतिक विषयमा छलफल

काठमाडौं– देशका विभिन्न पाँच कम्युनिष्ट पार्टीहरूले छलफल थालेका छन् ।