सहिमा र विक्रमको ‘मोटर सरर’ | Khabarhub Khabarhub

सहिमा र विक्रमको ‘मोटर सरर’


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका सहिमा श्रेष्ठ र विक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’को भिडियो सार्वजनिक भएको छ । अमर वन्तुको शब्द रहेको गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ ।

सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियो दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ । सजीनाले यसै भिडियोबाट अभिनयमा डेब्यू गरेकी हुन् ।

गायक दुर्गेश थापाले यस गीतमा आकर्षक नृत्य गरेका छन् । दुर्गेशको साथमा विजय, गीता र सजीनाको नृत्य पनि उत्तिकै आकर्षक रहेको छ ।

यात्राको क्रममा भेटिएका युवायुवतीहरुबीच शुरु भएको प्रेमलाई गीतको कथामा समेटिएको छ । यो गीतको भिडियोमा प्रमोद के भण्डारीको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

भिडियोकी क्रियटिभ डाईरेक्टर जया शर्मा हुन् । भिडियोका प्रोडक्शन डिजाईनर दीपेन गौतम ‘माईकल’ हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ५ : ३० बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ