रसुवाका उच्च भागमा हिमपात « Khabarhub

रसुवाका उच्च भागमा हिमपात


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – हिमाली क्षेत्रमा हिमपात भएपछि उत्तरी रसुवामा चिसोपन बढेको छ । दुई दिनदेखिको वर्षासँगै समुद्र सतहदेखि नौ हजार फिटको उचाइ डिम्सा चन्दनबारीलगायतका क्षेत्रमा हिमपात भएको छ ।

बिहीबार अपराह्नबाट हिउँ पर्न थालेको हो । हाकुडाँडा, नाकथली, धुञ्चेडाँडा, गतलाङ तथा गोल्जुङको उच्चभागसमेतका स्थानमा समेत हिमपात भएको छ । बेंसीतर्फ सिमसिमे पानी र उच्चभागमा हिमपात हुन थालेपछि हिउँदे प्रमुखबाली गहुँ उत्पादनमा सन्तुलन आउने आशा जागेको स्थानीय किसानले बताएका छन् ।

यस्तै दुई दिनदेखिको वर्षाले वन जङ्गल क्षेत्रमा चिसोपना बढेकाले डढेलो नियन्त्रणमा समेत राहत मिलेको वन प्राविधिकले बताएका छन् ।

फागुनमा रोपण गरिएको लेकाली आलु तथा मकैका लागि चाहिने चिसोपनमा समेत बुधबार र बिहीबारको वर्षाले राहत मिलेको स्थानीयवासी निर्मल शेर्पाले बताइन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ९ : ०१ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई