रसुवाका उच्च भागमा हिमपात « Khabarhub

रसुवाका उच्च भागमा हिमपात


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – हिमाली क्षेत्रमा हिमपात भएपछि उत्तरी रसुवामा चिसोपन बढेको छ । दुई दिनदेखिको वर्षासँगै समुद्र सतहदेखि नौ हजार फिटको उचाइ डिम्सा चन्दनबारीलगायतका क्षेत्रमा हिमपात भएको छ ।

बिहीबार अपराह्नबाट हिउँ पर्न थालेको हो । हाकुडाँडा, नाकथली, धुञ्चेडाँडा, गतलाङ तथा गोल्जुङको उच्चभागसमेतका स्थानमा समेत हिमपात भएको छ । बेंसीतर्फ सिमसिमे पानी र उच्चभागमा हिमपात हुन थालेपछि हिउँदे प्रमुखबाली गहुँ उत्पादनमा सन्तुलन आउने आशा जागेको स्थानीय किसानले बताएका छन् ।

यस्तै दुई दिनदेखिको वर्षाले वन जङ्गल क्षेत्रमा चिसोपना बढेकाले डढेलो नियन्त्रणमा समेत राहत मिलेको वन प्राविधिकले बताएका छन् ।

फागुनमा रोपण गरिएको लेकाली आलु तथा मकैका लागि चाहिने चिसोपनमा समेत बुधबार र बिहीबारको वर्षाले राहत मिलेको स्थानीयवासी निर्मल शेर्पाले बताइन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ९ : ०१ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा