— हर्रो, सौफ, मरिच, नीमको पात सबै वस्तुलाई बराबर मात्रामा मिलाई पिस्नुहोस् । उक्त पिसेको धुलोलाई सात दिनसम्म गाईको पिसाबमा भिजाई चना आकारको गोली बनाउनुहोस् । उक्त गोलीलाई बेलुका सुत्ने समयमा मुखमा राख्नाले दाँत हल्लिन कम हुन्छ ।
— कालो मरिच २० ग्राम, बदाम १० ग्राम, अफिम २ ग्राम मिलाई पिसेर दाँत तथा गिजामा लगाई २/३ घण्टापछि मुख कुल्ला गर्नाले दाँत मजबुत बन्दछ ।
— हलेदोलाई आगोमा पोलेर धुलो बनाई मञ्जन जसरी प्रयोग गर्नाले फाइदा पुग्दछ ।
— सुपारीलाई पिसेर मञ्जन बनाई प्रयोग गर्नाले दाँत मजबुत हुन्छ ।
— शुद्ध मह र कागतीको रस ५०/५० ग्राम, फिटकिरी २० ग्राम, कालो मरिच ५ ग्राम जम्मा गर्नुहोस् । फिटकिरी र कालो मरिचलाई पहिला पिस्नुहोस् र कागतीको रस र मह मिलाउनुहोस् । यसरी तयार भएको औषधीलाई बिहान बेलुका दन्त मञ्जनको प्रयोग गर्नाले दाँतसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।
— दतिवन चपाउनाले दाँतसम्बन्धी रोग निको हुन्छ ।
साभार : ‘घरेलु आयुर्वेदिक उपचार’पुस्तकबाट
प्रतिक्रिया