काठमाडौँ- कोरोना भाइरसको संक्रमणले अतिप्रभावित बनेको भारतबाट हुने यात्रामा अमेरिकाले प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्ध आउँदो मंगलबार अर्थात मे ४ मा लागू हुने ह्वाइट हाउस प्रवक्ता जेन साकीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
अमेरिकी नागरिक तथा कानूनी रुपमा स्थायी बसोबासको स्वीकृति पाएका बाहेकलाइ तत्काललाई भारतबाट अमेरिका जान प्रतिबन्ध लगाइएको उनले जनाएकी छन् ।
‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को सल्लाहमा अमेरिकाले यस्तो कदम चालेको जनाइएको छ ।
प्रतिक्रिया