शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ? | Khabarhub Khabarhub

शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ?


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रायः सबैलाई थाहा होला, शिशु गर्भमा रहुञ्जेल आमाले खाएको खानाबाट पाउने पोषण नै उसले पनि प्राप्त गर्दछ । तर शिशु जन्मिएपछि भने उसको खानपानमा अभिभावक सजग हुनु पर्दछ ।

शिशुहरुमा खानपानको सामान्य चिज र परिकारले पनि ठुलो हानी पुर्‍याउन सक्छ । यस्तोमा ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले नै उसको पूरा जीवन र बानीमा असर पार्दछ ।

त्यसो भए ३ वर्षसम्मका बच्चालाई के खुवाउने त ?

१. शिशु जन्मिएको ६ महिनासम्म केवल आमाको दूध अर्थात स्तनपान मात्र गराउनुपर्छ ।
२. ६ महिनापछि उमालेर सेलाएको पानी चम्चाले दिन थाल्नु पर्दछ ।
३. बच्चालाई कुनै पनि उमेरमा बोतलबाट दूध वा पानी ख्वाउनु हानिकारक हुन्छ ।
४. शिशु ६ महिनाको भएपछि दाल, जाउलो अलि–अलि आहारमा सामेल गर्दै लानुपर्छ ।
५. सातौं महिनामा राम्ररी पकाइएको तरकारी मसिनो बनाएर खुवाउन सकिन्छ ।
६. ८ महिना भएपछि अलि अलि गर्दै स्याउ, मेवा, केरा, आँपजस्ता फलफूल ख्वाउनु पर्छ ।
७. ९ महिनाका बच्चालाई गाई वा भैंसीको दूध गिलासमा दिन सकिन्छ ।
८. तर बच्चाले जहिलेसम्म आमाको दूध खान्छ, त्यति बेलासम्म निरन्तर खुवाई रहनुपर्छ ।
९. बच्चा एक वर्षको भएपछि सन्तुलित र पूर्ण आहार दिनुपर्छ ।
१०. १ बर्ष पछि बच्चालाई मज्जाले पकाएको माछामासु निल्न मिल्ने बनाएर दिन सकिन्छ । ११. बच्चालाई ३ बर्षसम्म कुनै पनि प्याकेट बन्द जंकफुड खुवाउनु हुदैँन ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  २ : १२ बजे

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा