भारतबाट अमेरिका र अष्ट्रेलिया प्रवेशमा प्रतिबन्ध « Khabarhub

भारतबाट अमेरिका र अष्ट्रेलिया प्रवेशमा प्रतिबन्ध


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ ।

भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो ।

भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार हस्ताक्षर गरेका हुन् ।

अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिइनमा बस्नु पर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जनाएका छन् ।

भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउने निर्णय मे ४ देखि लागु हुने र यो निर्णय अस्थायी भएको जनाइएको छ । अस्थायी भएपनि कहिलेसम्म लागु हुनेछ भन्ने अनिश्चित नै रहेको छ ।

भारतमा अहिले कोरोनाभाइरसको महामारी अत्यधिक छ भने दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । अरु हजारौंको मृत्यु हुने गरेको छ ।

भारतको महामारी सर्ने डरले अन्य देशहरूले पनि भारतबाट आवागमनका लागि प्रतिवन्ध लगाएका छन् ।

अष्ट्रेलियाले त आदेश नमान्नेलाई पाँच बर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ ।

शनिबार घोषणा गरिएको यात्रा प्रतिवन्धसम्वन्धी निर्णयमा सरकारको निर्णय नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ ।

कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि भारतलगायतका कोरोनाभाइरसबाट अति प्रभावित मुलुकबाट आउनेहरूलाई आउन नदिने निर्णय गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

भारतबाट अष्ट्रेलिया आउन नपाइनेसम्वन्धी सरकारी निर्णय कार्यान्वयन भने आगामी सोमबारदेखि मात्रै हुने जनाइएको छ ।

अत्यावश्यक परेर आएकाहरूलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।

भारतबाट आएका यात्रुहरूबाट कोरोनाभाइरस सर्न थालेको भन्दै सर्वत्र चासो व्यक्त भएपछि सरकारले भारतबाट अष्ट्रेलिया आउन रोक लगाइएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १ : ४१ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा