नेपालसँगको उडानमा हङकङले लगायो प्रतिबन्ध « Khabarhub

नेपालसँगको उडानमा हङकङले लगायो प्रतिबन्ध


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हङकङले नेपालसँगको उडानमा प्रतिबन्ध लगाएको छ। हङकङमा कोरोना त्रास कम भए पनि सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको छ।

अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई कडाइ गरिएको हो।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ।

नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र भएसँगै हङकङ सरकारले सतर्कता अपनाएको हो।

यसअघि नेपालबाट हङकङ आउने यात्रु ४८ घण्टे पीसीआर जाँचको प्रमाणपत्र बोकेर हङकङ आउँथे। हङकङमा पुनः परीक्षणपश्चात् २१ दिन अनिवार्य क्वारेन्टाइन बस्ने प्रावधान थियो।

हरेक उडानमा पाँचजनाभन्दा बढीमा कोरोना संक्रमण देखिए उडान प्रतिबन्ध हुने भनिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ३ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना