सुदूरपश्चिममा औलोको जोखिम बढ्दै | Khabarhub Khabarhub

सुदूरपश्चिममा औलोको जोखिम बढ्दै


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ । औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् ।

यस प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा गुणराज अवस्थीले यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटीमा औलोको जोखिम बढेको हो । उनका अनुसार छ जिल्लामा मात्रै १८६ जनामा औलो रोग देखापरेको छ । औलोका बिरामी सबैभन्दा बढी कैलालीमा फेला परेका छन् । चालू आवमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा नौ र डोटीमा सात औलो रोगी फेला परेका हुन् ।

जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको तथ्याङ्क छ । चालू आवमा ११५ आयातित औलोका बिरामी रहेको बताइएको छ । प्रदेशमा आव २०७६/७७ मा ३२० औलोका बिरामी थिए । त्यसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए ।

प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएका छन् । यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिक रुपमा कम हुँदै गएको बताइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ३ : ४५ बजे

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन